काठमाडौं: अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्माओली लिखित जवाफ बुझाएर फर्किएका छन् ।
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री ओली लिखित जवाफसहित आफैं अदालतमा उपस्थित भएका थिए । प्रधानमन्त्री अदालतमा उपस्थित हुँदा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कानुन व्यवसायीलाई इजलासमा जानसमेत रोकिएको छ । उच्च सुरक्षासहित पुगेका प्रधानमन्त्री लिखित जवाफ पेश गरेर फर्किने छन् । उनले रजिष्ट्रार नारायण पन्थीलाई लिखित जवाफ बुझाएका छन् ।
अवहेलना मुद्दामा न्यायाधीश मनोज शर्माको एकल इजलासले माघ १५ गते प्रधानमन्त्री ओलीको नाममा लिखित जवाफसहित सात दिनभित्र आफैं उपस्थित हुन आदेश गरेको थियो ।
प्रकाशित :६ फागुन, २०७७









तपाईको प्रतिक्रिया