धनुषाका एकजनालाई मलेसियामा मृत्युदण्ड दिने फैसला सुनाइएको छ । गोविन्दपुरका ३६ वर्षीय सुरजदेव शाह तेलीलाई मलेसियाको उच्च अदालतले मलेसियन नागरिकको हत्यामा दोषी ठहर गर्दै मृत्युदण्ड दिने फैसला गरेको हो ।
तेलीले मलेसियाको कम्पुङस्थित मुतियार बाटु–१० का ३४ वर्षीय आर हारिधासलाई घरमै हत्या गरेको ठहर गर्दै उच्च अदालतले अगस्ट १७ तारिखमा मृत्युदण्डको फैसला गरेको हो । नेपाली दूतावासले भने तेलीको जीवन रक्षाको लागि पुत्राजयस्थित पुनरावेदन अदालतलमा पुनरावेदन गरिसकेको छ ।
हारिधासको २ डिसेम्बर २०१६ को बिहान साढे २ बजे हत्या भएको थियो । उनी लरी ट्रकका डाइभर थिए । तेली हारिधासकी श्रीमतीका प्रेमी थिए । प्रहरीले श्रीमतीलाई नै हत्याको साक्षीको रुपमा अदालतमा पेस गरेका थिए । सन् २००६ मा मलेसिया पुगेका तेली ओयल पाम फ्याक्ट्रीमा सामान्य श्रमिकको रुपमा काम गर्थे । मलेसियामा यसअघि पनि विभिन्न मितिमा ६ जना नेपालीलाई मृत्युदण्डको फैसला सुनाइसकेको छ ।









तपाईको प्रतिक्रिया