काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी गरिएको छ ।
अहिले जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे भन्नेबारेमा निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । अपरान्ह बस्ने बैठकले निषेधाज्ञाको स्वरूपबारे निर्णय गर्ने बताइएको छ । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार अहिलेकै मोडालिटीको निषेधाज्ञा थप एक साता थप्ने सम्भावना रहेको छ । पछिल्लो निषेधाज्ञामा समय र दिन तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ ।
अहिले काठमाडौ उपत्यकामा निजी सवारी लगायतमा जोर–बिजोर लागु गरेर चल्न दिइएको छ तर सार्वजनिक सवारी–साधन भने चल्न दिइएको छैन । स्रोतका अनुसार तत्काल सार्वजनिक सवारी–साधन खुला गर्ने योजनामा उपत्यकाका प्रशासन कार्यालयहरु छैनन् । गत बैशाख १६ गतेबाट जारी निषेधाज्ञा पटक पटक थप्दै र मोडालिटी परिवर्तन गरिदै आएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि भोली असार १४ गते राति १२ बजे सकिँदै छ ।









तपाईको प्रतिक्रिया