TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

बर्दिबास मेडिकल कलेज अनिश्चिततातर्फ


बर्दिबास मेडिकल कलेज अनिश्चिततातर्फ
ADVERTISEMENT

राष्ट्रिय प्राथमिकता प्राप्त बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माणको आयोजना अनिश्चिततातर्फ धकेलिँदो छ ।


कलेजको पूर्वाधार निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि नबढ्दा यो राष्ट्रिय प्राथकिता प्राप्त आयोजनाको काम अनिश्चिततातर्फ डोरिएको हो । नेपाल सरकारको आर्थिक वर्ष २०७४ को नीति तथा कार्यक्रममा समावेश भई मुलुकका सातवटै प्रदेशमा एक–एक मेडिकल कलेज स्थापना गर्ने अवधारणाअनुसार प्रदेश नं २ मा बर्दिबास मेडिकल कलेज निर्माणको कुराले औपचारिकता पाएर तदनुरुप काम अघि बढ्दै गएको थियो । पाँच वर्षमा पूर्वाधार निर्माणको काम सम्पन्न गरेर कलेज सञ्चालन गर्ने लक्ष्य भए पनि चार आर्थिक वर्ष सकिँदासम्म जग्गाकै टुङ्गो नलाग्दा यो आयोजना अनिश्चिततातर्फ धकेलिएको हो । जग्गा छनोट समितिको सिफारिसअनुसार जग्गा छनोट, जग्गाको विस्तृत सर्वेक्षणसहित कलेजको गुरुयोजना (मास्टरप्लान), निर्माणस्थलको माटो परीक्षण र वातावरणीय प्रभाव मूल्याङ् कन (इआइए)सहितका प्राविधिक पक्षका काम सम्बन्धित तह (शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भइसकेका छन् । बर्दिबास–४ को भव्सी खोला र अटावे खोल्सीबीचको ४९ हेक्टर माइस्थान सामुदायिक वनको जग्गा कलेजको पूर्वाधार निर्माणका लागि प्रक्रिया अघि बढे पनि डिभिजन वन कार्यालयले त्यस क्षेत्रमा गणना भइसकेका रुख कटान र जग्गा उपलब्ध गराउनेबारे आवश्यक रायसहितको सिफारिस सङ्घीय सरकारको वन मन्त्रालयलाई नपठाउदा अहिले अन्र्याैल बढेको हो ।

विसं २०७५ फागुन ३ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलबाट त्यसअघि नै स्वीकृत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना सञ्चालन कार्यविधि २०७५ र आयोजना कार्यालय सञ्चालनका लागि कर्मचारीको दरबन्दी अनुमोदन गरेको थियो । यसअनुसार तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलले बर्दिबास–१ मा २०७६ साल वैशाख १८ गते उद्घाटन गर्नुभएको कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयमा अहिले आयोजना निर्देशक (उपसचिव शिक्षा सेवा) एक, शाखा अधिकृत (राप तृतीय शिक्षा सेवा) एक, इञ्जिनीयर (सिभिल राप तृतीय) एक, लेखापाल एक, हलुका सवारी चालक एक, कार्यालय सहयोगी एक र पाले एकसमेत सातको जनशक्ति छ । जग्गा प्राप्तिकै मुख्य काम अल्झिएपछि त्यसैका लागि विभिन्न पक्षसँग भेटघाट, संवाद, अन्तक्र्रिया र समन्वयका काममा मात्र दुई वर्षभन्दा बढी समय खर्च भइरहेको आयोजना निर्देशक देवीप्रसाद सुवेदी बताउनुहुन्छ । “कलेजको पूर्वाधार निर्माणको मुख्य कामका लागि सरकारले खटाएको छ”, आयोजना निर्देशक सुवेदी भन्नुहुन्छ, “तर जग्गा प्राप्तिकै कुरा टुङ्गिएको छैन, यस प्रयोजनको दौडधूप र समन्वयमै समय गइरहेको छ ।”

पछिल्लो पटक प्रस्तावित जग्गाभित्रका रुख सवडिभिजन वन कार्यालय बर्दिबासले गणना गरी बुझाएको प्रतिवेदन वन मन्त्रालय नपुगुञ्जेल जग्गा प्राप्तिको थप प्रक्रिया अघि नबढ्ने सुवेदी बताउनुहुन्छ । कलेजका लागि प्रस्तावित वन क्षेत्रमा एक हजार ९६७ रुख गणना गरिएका छन् । कलेजका धेरैजसो पूर्वाधार भव्सी नदी तटकै नदी उकास जग्गामा बन्ने हुनाले गणना गरिएका सबै रुख कटान नहुने आयोजना कार्यालयले जनाएको छ । “बर्दिबाससँगै सरकारले मेडिकल कलेजका लागि नीतिगत निर्णय गरेको रुपन्देहीको बुटवल र सुर्खेतका काम अघि बढेका छन्” सुवेदीले भन्नुभयो, “बुटवलमा पनि बर्दिबासजस्तै प्रकृतिको जग्गा नै प्रस्तावित हो, अझ त्यहाँ त १४ हजारभन्दा बढी रुख भएको वनक्षेत्रमै कलेज निर्माणको प्रक्रियाले गति लियो, बर्दिबासमा त ५०० भन्दा तल नै रुख काटिनुपर्ने देखिन्छ, तर प्रक्रिया अल्झियो ।” जग्गा प्राप्तिका लागि अब प्रक्रिृया अघि नबढे कलेजको पूर्वाधार निर्माण मात्र नभइ स्थापनाको प्रस्ताव नै अन्र्यौलमा पर्नसक्ने कार्यालय विज्ञको भनाइ छ । कलेजका लागि प्रारम्भमा १०१ हेक्टर क्षेत्रफलको वनक्षेत्र प्रस्ताव गरिए पनि पर्यावरणीय पक्षलाई आत्मसाथ गरी विज्ञहरुको सल्लाहमा ४९ हेक्टर क्षेत्रफलमा झारिएको हो ।

भव्सी नदी पश्चिमी किनारमा आवागमनको पक्की (कालोपत्र)सहितको तटबन्ध निर्माण गरी भूक्षय रोक्नुपर्ने, कमसेकम रुख काटिने गरी पूर्वाधार निर्माण गरिनपर्ने, पूर्वाधार निर्माणक्षेत्रमा हरितपार्क बनाउनुपर्ने र मिथिला संस्कृति झल्कने सङ् ग्रहालयसहित जैविक विविधता संरक्षण गरिनुपर्ने सुझाव प्रदेश नं २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका विज्ञ र प्रदेशका आठवटै जिल्लाका डिभिजन वन कार्यालयका प्रमुखबाट सामूहिक छलफलमा प्राप्त भएअनुसार आयोजना कार्यालयले प्रस्ताव संशोधन गरेको सुवेदी बताउनुहुन्छ । यसअनुसार संशोधित विस्तृत परियोजना प्रतिवेदन तयार हुने अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । यसबाहेक नगरपालिकाले कलेजका पूर्वाधार निर्माण गर्दा काटिनसक्ने रुखका कारण पर्यावरणमा पर्नसक्ने प्रतिकूल असर रोक्न २७ हजार नयाँ वृक्षरोपण यो असारमै गरिसकेको छ । “हामीले यो असारमै २७ हजार बिरुवा रोपिसकेका छौं, आउनै लागेको साउनमा ३० हजार बिरुवा रोप्ने हाम्रो तयारी छ”, बर्दिबासका नगर प्रमुख विदुरकुमार कार्की भन्नुहुन्छ, “हामीले वनरक्षा, गोडमेल, पुनःरोपण, आवश्यक मल र सिँञ्चाइ सुविधाका लागि आवश्यक प्रबन्ध र जनशक्ति नै व्यवस्थापन गरेका छौं ।”रासस

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने गठबन्धनको निर्णय

देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने गठबन्धनको निर्णय

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य