जनकपुरधाम । धनुषा जिल्लाको कमला नगरपालिकामा मंगलबारदेखि विद्यालय संचालनमा आउने भएको छ ।
नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै भौतिक रुपमा विद्यालय संचालनको अनुमति दिएको छ ।
सूचनामा कोभिड १९ का कारण महिनौदेखि बन्द रहेको विद्यालय पुनः सूचारु गर्नका लागि यस नगर क्षेत्रभित्र पर्ने सम्पुर्ण शैक्षिक संस्थाहरुलाई पत्रचार गर्दै भदौ २९ गतेदेखि भौतिक रुपमा उपस्थित भई सिकाई सहजीकरण गर्ने वातावरण बनाई नियमित रुपमा पठनपाठन गर्न सूचना जारी गरेको हो ।
साथै विद्यालय संचालनका क्रममा स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी शिक्षण संस्था संचालनमा ल्याउने अनुमति दिएको छ ।










तपाईको प्रतिक्रिया