जनकपुरधाम । प्रदेश २ सरकारको राजनितिक नेतृत्वले त्रुटिपूर्ण संविधान सच्याउन माग गरिरहेका बेला प्रदेशको स्थायी सत्ता कर्मचारीहरुले संविधान दिवस मनाइरहेका छन् ।
प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मधेश भवनमा ब्यानर झुन्डयाएर नै संविधान दिवस मानाउन थालेका हुन् ।
प्रदेश सरकार गठन भएयता सरकारमा सहभागी दलहरुले संविधान दिवस बहिष्कार गर्दै आएका छ्न् ।
गत वर्षहरुमा सरकारको नेतृत्व गर्ने तत्कालिन समाजवादी पार्टीले संविधान दिवसका कुनै पनि कार्यक्रम नगरी बहिष्कार गर्दै आएको थियो ।
प्रदेश सरकारका आरम्भिक घटक तत्कालिन राजपा नेपालले भने संविधान दिवसलाई कालो दिवसकै रुपमा घोषणा गरी यस दिनमा ब्ल्याक आउट लगायतका विरोध प्रदर्शन गर्दै आएको थियो ।
पछिल्लोपटक प्रदेशमा सत्ता समीकरण फेरिएपछि सत्ता नेतृत्व गर्ने जसपा नेपालले संविधानमा भएका कमीकमजोरीबारे अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
सत्ता साझेदार अन्य दलका केही मन्त्रीहरुले भने संविधान दिवसका अवसरमा शुभकामना दिएका छन् ।
प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र अक्षरमा लेखिए पनि यसको मर्म र आयमलाई खुम्च्याइएको हुँदा संविधानमा व्यापक संशोधन हुनुपर्ने बताए ।
उनेल संविधानमा परिमार्जन न हुँदासम्म देश एकात्मक र केन्द्रीकृत मानसिकताबाट शासित हुने दुर्भाग्यपूर्ण स्थिति रहने उल्लेख गरे
प्रदेशका कर्मचारीहरुले अघिल्ला वर्षहरुमा पनि संविधान दिवस मनाएका थिए ।









तपाईको प्रतिक्रिया