काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
सर्वोच्चले नेकपा एकीकृत समाजवादी दल दर्ताविरुद्ध परेको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको शुक्रबारको इजलासले अन्तरिम आदेश दिन नमानेको हो ।
दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको थियो । संवैधानिक इजलासले कारण देखाउ आदेश भने जारी गरेको छ । अध्यादेशविरुद्ध अधिवक्ता प्रवेश केसीसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।
संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी भएको अध्यादेश बदर गर्न आदेश माग गर्दै रिट दायर भएको थियो । सरकारले अध्यादेश जारी गरेलगत्तै माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएका हुन् ।









तपाईको प्रतिक्रिया