जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा “सफा सहर सबैको रहर” भन्ने नाराका साथ टोलको मुख्य सडक सरसफाई भएको छ ।
शनिबार जनकपपुरधाम वडा नं. ४ का मुख्य सडकमा “गाडीवाला आया घरसे कचडा निकाल, जय जनकपुरधाम” भन्ने गीतका साथ टोल छेरछाउको मुख्य डम्पिंग साइड तथा सडक सरसफाई कार्यक्रम गरिएको थियो ।

सो दिन बिहान ७ बजे देखि सरस्वती नगर टोल सुधार समिति ४ जनकपुरधाम र अर्थ क्लिन ग्रीन फाउण्डेशन (इसिजि) परिवारको आयोजनामा टोलको मुख्य सडक सरसफाई जनचेतना कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त टोल सरसफाई कार्यक्रमका लागि जनकपुरधाम वडा नं. ७ का वडा अध्यक्ष जानकी राम साहले व्यक्तिगत तर्फबाट डोजर, ट्रेक्टरको व्यवस्था समेत गरेका थिए ।
अर्थ क्लिन ग्रीन फाउण्डेशनले सुख्खा, गीलो र हानिकारक फोहोर छुट्याएर फोहोर बोक्ने गाडीमा राख्न आग्रह गरेको छ ।
उ्रक्त सरसफाई कार्यक्रममा वडा नं. ४ का अध्यक्ष सुदर्शन सिंह, वडा नं. ७ का अध्यक्ष जानकी राम साह, (इसिजि) फाउण्डेशनका अध्यक्ष, पदाधिकारी, स्थानियवासीहरु लगायतको सहगभगिता रहेको थियो ।









तपाईको प्रतिक्रिया