TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

निर्माण व्यवसायीलाई दक्ष जनशक्ति भेट्नै मुश्किल


निर्माण व्यवसायीलाई दक्ष जनशक्ति भेट्नै मुश्किल
ADVERTISEMENT

जनकपुरधाम । रमेश कुमार यादव निर्माण व्यवसायी हुन् । उनी गएको एक दशकभन्दा लामो समयदेखि धनुषासहित छिमेकी जिल्लाहरुमा भौतिक पूर्वाधार निर्माणको काम गर्दै आएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ बस्ने यादवले रमेश कन्सट्रक्सन प्रा.लि जनकपुर संचालन गर्दै आएका हुन् ।



संघीय, प्रदेश र स्थानीय सरकारको योजनाहरुको ठेक्का लिएर काम संचालन गरेका छन् । पीसीसी ढलान, भवन निर्माण, कल्भर्ट निर्माण, जाली बोल्डर,इन्टरलक लगायतको कामहरु गर्दै आएका उनलाई समयमै योजना सम्पन्न गर्न जनशक्ति अभाव तगारो बनेको छ । वर्षमा २०/२५ वटा योजना सम्पन्न गर्नको लागि स्थानीय मजदूर उपयुक्त हुन नसकेको यादवको भोगाई छ ।
दक्ष जनशक्ति अभावमा समयमै योजना सम्पन्न गर्ने चुनौती रहेको उनी बताउँछन् । स्थानीय मजदूरहरुको भरमा समयमै योजना सम्पन्न गर्न नसकिने भएकोले बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको उनी भन्छन् । जनकपुरधाम उपमहानगरपालिकामा वर्षमा हुने निर्माण कार्यको यकिन तथ्यांक नरहेपनि सरकारी तथा नीजि गरी तीन सय बढी भवन निर्माण हुने गरेको उनले दावी गरे । दक्ष जनशक्तिहरु रोजगारिको सिलसिलामा विदेशिएपछि बाहिरको मजदूर ल्याएर काम गर्नुपर्ने बाध्यता रहेको उनी थप्छन् । स्थानीय स्तरमा उपलब्ध जनशक्ति दश नरहेको र काम गरेपनि ‘फिनिसिङ’ दिन नसकेको उनको अनुभव छ ।


नक्सा अनुसारको ‘फिनिसिङ’ दिनुपर्ने भएकोले सर्लाही, रौतहट लगायत भारतीय मजदूरको भरमा योजना सम्पन्न गर्नुपर्ने हुन्छ । स्थानीय मजदूरहरुलाई नक्सा बारे पनि अनुभव नहुँदा यहाँका निर्माण व्यवसायी बाहिरको मजदूर ल्याउन बाध्य रहेको उनी बताउँछन् । भवन निर्माण, जाली बोल्डर लगायतको काममा सर्लाही, रौतहटका मजदूर बढी सक्षम देखिएका छन् । उनीहरुले कम समयमा बढी काम गर्ने गरेकोले ठेकेदारलाई समयमा योजना सम्पन्न गर्न सहज भएको अनुभव यादवको छ । वैदेशिक रोजगारमा जाने सबैभन्दा बढी युवाहरु प्रदेश २ का छन् । दक्ष नहुँदा उनीहरुलाई विदेशमा पनि समस्या भएको छ ।
वैदेशिक रोजगारीमा जाने युवाहरु सीप सिक्नमा चासो नलिदा दुःख पाएको आप्रवासी श्रोत केन्द्र धनुषाको तथ्यांक छ । वैदेशिक रोजगारमा अन्यायमा परेका युवाहरुलाई न्यायको लागि काम गर्दै आएको सामी परियोजनाका संयोजक अनिरुद्ध मुखियाले बताए ।
मुखियाका अनुसार गत आर्थिक वर्षमा १ सय ८२ जना महिलासहित तीन हजार नौ सय ८४ जनाले कार्यालयमा सम्पर्क गरेका छन् । तर, सीप तालिममा सहभागी हुने न्युन छ । मेसन पाँच जना, प्लम्बर चार र इलेक्ट्रिसियन १९ गरी २८ जनाले सीप तालिम लिएको मुखियाले बताए ।
सीप नसिकेर विदेशिएका युवाहरुले मांसिक, शारिरिक, आर्थिक पीडा भोग्नुपरेको मुखियाले बताए । धनुषाको सपहीस्थित बीपी मेमोरियल पोलिटेक्निक इन्स्टिचयुटले वार्षिक आठ हजार बढी दक्ष जनशक्ति उत्पादन गरेको छ । इन्स्टिच्युटले डिप्लोमा र टी एसएलसीको कक्षा संचालन गरेको छ । वार्षिक आठ हजार बढी प्राविधिक जनशक्ति तयार हुने गरेको इन्स्टिच्युटका प्रदेश निर्देशक नागेन्द्र साहले बताए । साहका अनुसार इन्स्टिच्युटले डिप्लोमा इन सिभिल इन्जिनियरिङ, एग्रीकल्चर र इलेक्ट्रिकल इन्जिनियरिङसहित टी एसएलसीको कक्षा पनि संचालन गरेको छ ।
इन्स्टिच्युट अन्तर्गत हाल डिप्लोमातर्पm पाँच हजार दुई सय ६२ र टीएसएलसीतर्पm दुई हजार ९ सय चार विद्यार्थी अध्ययनरत्त छन् । उनीहरुले सरकारी तथा गैरसरकारी कार्यालयमा रोजगारी पाएका छन् । यहाँ अवसर नपाएकाले वैदेशिक रोजगारमा समेत लागेको निर्देशक साहले बताए ।
इन्स्टिच्युटले छात्रवृत्ति, नीजि, सामुदायिक विद्यालय, आंगिक रुपमा व्यवस्था गरेको छ ।
इन्स्टिच्युटमा उत्पादन भएको जनशक्तिको माग देशमै बढी रहेको उनको दावी छ । यहाँबाट उत्पादित जनशक्ति सबै निकायमा रोजगारी पाएको छ, उनले भने–इन्स्टिच्युटमा अध्ययन गरेकालाई रोजगारीको समस्या भएको छैन् । दक्ष जनशक्तिको व्यवस्थापन गरेर गुणस्तरीय विकास निर्माण कार्यलाई अगाडी बढाउन सकिने तर्क निर्देशक साहको छ ।


विकास निर्माणलाई गुणस्तरीय बनाउन दक्ष जनशक्ति आवश्यक छ, उनले भने–‘यसको लागि सबै निकाय गंभिर हुनु जरुरी छ ।’ आप्mनो ज्ञान, सिप देशमा उपयोग गर्ने वातावरण बनाउन सबै पक्षको सहयोग जरुरी रहेको उनको तर्क छ । दक्ष जनशक्ति विदेशमा गएर श्रम बेच्न बाध्य युवाहरुलाई देशमै काम गर्ने वातावरण बनाइदिनुपर्ने धारणा उनको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य