काठमाडौं। गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर तथा कोठा भाडामा नदिन सर्वसाधारणलाई आव्हान गरेको छ ।
सोमबार बिहान काठमाडौंको सिनामंगलस्थित एक होटलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
मन्त्रालयले सूचना जारी गर्दै पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनाधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास गरेको देखिएकाले आधिकारिक परिचयपत्रबिना घर, अपार्टमेन्ट, फ्ल्याट तथा कोठामा भाडामा नदिन र त्यस्ता व्यक्तिलाई काममा नलगाउन पनि आग्रह गरेको छ ।
सूचना हेर्नुहोस् :










तपाईको प्रतिक्रिया