काठमाडौं । नेपाली कांग्रेसले आसन्न महाधिवेशनको लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार वडा र पालिका अधिवेशन हुन नसकेका १३ वटा जिल्लामा कात्तिक २७ गते वडा र कात्तिक ३० गते पालिका अधिवेशन हुनेछ ।
कांग्रेसले बुधबार सार्वजनिक गरेको नयाँ कार्यातालिका अनुसार मंसिर ३ गते प्रदेशसभा सभा र मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन हुनेछ । मंसिर १० गते जिल्ला अधिवेशन हुने नेपाली कांग्रेसले जनाएको छ ।
मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ । मंसिर २७ देखि पौष १ गते सम्म केन्द्रीय अधिवेशन हुने नेपाली कांग्रेसले जनाएको छ ।









तपाईको प्रतिक्रिया