महोत्तरीमा आत्महत्या गरेकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर स्थित–३ गौरीडाँडा बस्ने वृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।  महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन्  । उनले किन आत्महत्या गरिन् भन्ने अहिलेसम्म कुनै कुरा नखुलेको प्रहरीले जनाएको छ । 

भदौ १५ गते स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको थियो । उनको रिपोर्ट बुधबार साँझ आएको बर्दीवास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए । 

मृतकको घरका अन्य ३ जनामा भदौ ११ गते कोरोना संक्रमण पृष्टि भएको थियो ।