TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सिरहा : प्रदेशले पठाएको राहत गोदाममा कुहिँदै, गरिब भोकै


सिरहा : प्रदेशले पठाएको राहत गोदाममा कुहिँदै, गरिब भोकै
ADVERTISEMENT

लकडाउनका समयमा प्रदेश २ सरकारले पठाएको राहत सामग्री सिराहाका स्थानीय तहले अझै वितरण गरेका छैनन् । विपन्न परिवार संघसंस्थाले दिएको राहत सामग्रीले गुजारा चलाइरहेका छन् । 


राहत सामग्री वितरण नगरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३२ साउनमा औरही गाउँपालिकामा छापा हानेको थियो । त्यतिवेला औरही– ३ वडा कार्यालयले हतारहतार राहत वितरण गरेको थियो । तर, अन्य वडाले अझै राहत वितरण नगरेको स्थानीय बासिन्दाको गुनासो छ । 

त्यस्तै, सिराहा नगरपालिका– २२ सन्हैठाकामा रहेको वडा कार्यालयमा अध्यक्ष बस्ने कोठामै राहतका सामग्री राखिएको छ । राहत सामग्री वडा कार्यालयमा आएको तीन महिना भएको छ । तर, अझै विपन्न परिवारलाई वितरण गरिएको छैन । 

सिराहा नगरपालिका– ९ को गोदाममा पनि प्रदेश सरकारले विपन्नका लागि पठाएको राहत सामग्री राखिएको छ । कुहिन लागेको भए पनि वितरण नगरिएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । सिराहा नगरपालिका वडा नं. १३, १९, २०, २१ र २२ ले पनि प्रदेश सरकारले लकडाउनमा पठाएको राहत सामग्री वितरण गरेका छैनन् । वडा नं. ५ मा आएका ५८ मध्ये ३७ वटा प्याकेट राहत सामग्री वितरण गरिएको वडाध्यक्ष सुनील बैदा यादवले बताए । बाँकी २१ वटा प्याकेट राहत सामग्री गोदामै छन् । 

प्रदेश २ सरकारले विपन्नका लागि पठाएको राहत वितरण नगर्ने अर्को स्थानीय तह हो– अर्नामा गाउँपालिका । यो गाउँपालिकाका पाँचवटै वडाले राहत सामग्री अझै पनि वितरण गरेका छैनन् । अर्नामा गाउँपालिका– ५ का वडाध्यक्ष भोला मण्डलले राहत वितरण गर्न नसकिएको बताए । त्यो सामग्री अब वितरण गर्ने उनको भनाइ छ । 

कतिपय स्थानीय तहको वडा कार्यालयको गोदाममा राहत सामग्री कुहिन थालेको जनता समाजवादी पार्टीका युवा नेता वीरेन्द्र यादवले बताए । स्थानीय तहको लापरबाहीका कारण विपन्न परिवारले राहत सामग्री पाउन नसकेको उनको भनाइ छ । ‘यो त अति नै भयो । आफैँले वितरण गर्नुपर्नेमा प्रदेश सरकारले पठाएको सामग्री पनि गोदाममै थन्क्याएका छन्,’ उनले भने, ‘यसको छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्छ ।’

सिराहाका गोलबजार, लहान र मिर्चैया नगरपालिकाका वडाले त राहत सामग्री लिएका पनि छैनन् । प्रदेश सरकारले पठाएको राहत सामग्री घरेलु तथा साना उद्योग कार्यालयले वडाहरूलाई उपलब्ध गराएको थियो । १६ वटा वडाले राहत सामग्री नलगेको घरेलु कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गोलबजार नगरपालिकाका १३ वटा वडा, मिर्चैया नगरपालिकाका दुईवटा र लहान नगरपालिकाका एकवटा वडाले राहत बुझेको छैन । 

प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग कार्यालय सिराहालाई एक करोड ८९ लाख रुपैयाँ दोस्रो चरणमा राहत वितरणका लागि पठाएको थियो । १० वैशाखमा पठाए पनि घरेलु कार्यालयले १७ वैशाखमा टेन्डर प्रक्रिया थालेको थियो । एक करोड ७४ लाख सात हजार नौ सय ७६ रुपैयाँ टेन्डर स्विकारेको सुरज जेनरल अर्डर सप्लायर्स नगराइनले जेठ दोस्रो सातादेखि राहत सामग्री उपलब्ध गराएको घरेलु कार्यालय प्रमुख दीपेन्द्र यादवले बताए ।

उनका अनुसार राहत सामग्रीमा प्रतिपरिवारर २५ किलो चामल, दुई किलो मसुरोको दाल, एक लिटर खाने तेल, एक किलो नुन, आधा किलो सोयाबिन र एउटा हात धुने साबुन थियो । जिल्लाका एक सय ६४ मध्ये एक सय ४८ वडा कार्यालयलाई जेठ दोस्रो साता नै राहत हस्तान्तरण गरेको घरेलु कार्यालय प्रमुख यादवले बताए । प्रत्येक वडालाई ५८ प्याकेट वितरण गरिएको थियो । तर, अहलिेसम्म गरिब तथा विपन्न परिवारलाई राहत बुझाएको भर्पाई ६ वटा वडा कार्यालयले मात्रै बुझाएको उनले बताए । 

तपाईको प्रतिक्रिया

Related Posts

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता
Headline

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता

December 18, 2025
जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
Next Post
भारतमा एकैदिन झण्डै ८३ हजार सङ्क्रमित थपिए

भारतमा २४ घण्टामा भेटिए ९० हजार कोरोना संक्रमित

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य