TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

चीन र भारतबीच लद्दाखमा पुन: गोली हानाहान


चीन र भारतबीच लद्दाखमा पुन: गोली हानाहान
ADVERTISEMENT

विवादित हिमालि सीमा क्षेत्र लद्दाखमा चीन र भारतबीच पुन: सैन्य तनाव देखिएको छ । भारतीय सेनाले विवादित सीमा क्षेत्रमा गोली चलाएपछि चीनको जनमुक्ति सेनाले जवाफी कारबाही स्वरुप गोली चलाएको हो । चिनियाँ जनमुक्ति सेनाले सीमा क्षेत्रमा भारतीय पक्षबाट गोली चलेपछि थप जवाफी कारबाही गर्न सक्ने बताएको छ ।


भारतीय सेनाले चिनियाँ सेनाले पाँच भारतीय नागरिकलाई आफ्नो कब्जामा लिएको आरोप लगाएको छ । यससँगै भारत र चिनियाँ सेनाको भिडन्तमा प्रयोग भएका हतियारका तस्बिर पनि सार्वजनिक भएका छन् ।

गत जुन महिनामा भएको सीमा झडपमा २० भारतीय सैनिक तथा अज्ञात संख्यामा चिनियाँ सैनिक मारिएपछि २ देशबीच बढेको तनाव अझै जारी छ । सोमवार भारतीय फौजले ४ हजार मिटरको उचाइँमा रहेको पाङ्गोङ् त्सो ताल नजिकैको विवादित सीमा क्षेत्रमा प्रवेश गरेको चिनियाँ सेनाले जनाएको छ ।

चिनियाँ सेनाका प्रवक्ता तथा वरिष्ठ कर्नेल जाङ् सियुलीले एक वक्तव्य जारी गर्दै भारतीय सैनिकले भारत चीन सीमाको पश्चिमी भागमा एलएसी पार गरेको र तालको दक्षिणी किनाराको नजिक सेनपाओको पहाडी इलाकामा प्रवेश गरेको बताएका छन् । दुवै देशले त्यस क्षेत्रमा हजारौँ संख्यामा सुरक्षा फौज परिचालन गरेका छन् ।

वास्तविक सीमा रेखा (एलएसीमा) तैनाथ भारतीय सैनिकले फेरि एक पटक गैरकानूनी तरिकाले वास्तविक सीमा रेखा पार गरेको र चीन सीमामा तैनाथ सैनिकमाथि चेतावनी स्वरुप गोली (वार्निङ शट्स) चलाएको चिनियाँ पक्षको दावी छ । चिनियाँ सैनिकका अनुसार सैनिक कुराकानी गर्ने योजनामा रहेको बेला भारतीय पक्षले गोली चलाएको थियो ।

चिनियाँ सेनाका प्रवक्ताले स्थितिलाई स्थिर राख्न चिनियाँ सैनिकले बाध्य भएर जवाफी कारवाही गर्नुपरेको जानकारी दिएका छन् । प्रवक्ता कर्नेल जाङ् सियुली भन्छन्, ‘यस्तो किसिमको खतरनाक क्रियाकलाप तत्काल बन्द गर्न हामी भारतीय पक्षसँग माग गर्छौं । जुन सैनिकले एलएसी पार गरे उनीहरुलाई तुरुन्त फिर्ता बोलाइयोस् र नियन्त्रणमा राखेर गम्भीरताका साथ अनुसन्धान तथा कारवाही गरियोस् ।’

जसले वार्निङ शट्स फायर गरेका छन् उनीहरुलाई सजाय दिनुपर्ने र अब यस्ता घटना नदोहोरिने सुनिश्चित गरिनुपर्ने भन्दै चिनियाँ सेनाका प्रवक्ताले चिनियाँ सैनिकले आफ्नो क्षेत्रीय सम्प्रभुताको रक्षा गर्ने प्रष्ट पारेका छन् । बीबीसी

तपाईको प्रतिक्रिया

Related Posts

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता
Headline

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता

December 18, 2025
जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
Next Post
धनुषामा फेरी एक दलित परिवारमाथि निर्घात कुटपिट

धनुषामा फेरी एक दलित परिवारमाथि निर्घात कुटपिट

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य