TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

वीरगञ्जमा आधुनिक शवदाह स्थल निर्माण हुने


वीरगञ्जमा आधुनिक शवदाह स्थल निर्माण हुने

file photo

ADVERTISEMENT

वीरगञ्ज स्थित सिर्सिया नदी किनारमा व्यवस्थित तथा आधुनिक शवदाह स्थल निर्माण गरिने भएको छ । वीरगञ्ज– १३ स्थित रामजानकी मठ नजिकै सिर्सिया नदी किनारमा शवदाह स्थल निर्माण गर्न लागिएको हो ।


विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या बढीरहेको अवस्थामा मृतकको शव व्यवस्थापनमा विभिन्न समस्या देखिँदै आएको छ । यस्ता समस्या समाधानमा सामुदायिक शवदाह स्थल उपयोगी हुने विश्वास लिइएको छ । कोराना संक्रमणबाट मृत्यु भएका मानिसको शव व्यवस्थापन गर्ने क्रममा पटक पटक स्थानीय र प्रहरीबीच झडप समेत भएका छन् । स्थानीयको अवरोधका कारण तनाब उत्पन्न हुँदा प्रहरीले हवाई फायर समेत गरेका थिए ।

जुनसुकै अवस्थामा मानिसको मृत्यु भएपनि धार्मिक परम्पराअनुसार ससम्मान अन्तिम संस्कार गर्न पाऊन् भन्नका लागि सामुदायिक शवदाह स्थल बनाउन लागिएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तसहितको टोलीले शवदाह गृह निर्माणका लागि छलफल समेत गरिसकेको छ । शवदाह गृह निर्माणका लागि राजकुमार दारुकाले सम्पूर्ण आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । दारुकाकै संयोजकत्वमा घाटको व्यवस्थापन तथा निर्माणका १७ सदस्यीय निर्माण तथा व्यवस्थापन समिति गठन गरिएको छ । वीरगञ्ज– ११ का वडाध्यक्ष प्रधुम्न सेढाईं, वडा नम्बर १३ का अध्यक्ष तुफान फारुक अन्सारी लगायतले पनि शवदाह स्थल निर्माण क्षेत्रको अवलोकन गरेका छन् । सबैको सहमतिमा विवादरहित ढंगले रामजानकी मन्दिर नजिकै सिर्सिया नदी किनारमा सामुदायिक आर्यघाट बनाउन लागिएको वीरगञ्ज– ११ का अध्यक्ष सेढाईंले बताए ।

प्रदेश सरकारले पहिलेदेखि नै जमिन दिएको खण्डमा विद्युतीय शवदाहगृह बनाउने आश्वास दिएको छ भने प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले पनि विद्युतीय शवदाह गृह बनाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता
Headline

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता

December 18, 2025
जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
Next Post
मौसम अपडेट : सामान्यतया मौसम बदली रहने, केही स्थानमा वर्षाको सम्भावना

आगामी ३ दिन वर्षाको सम्भावना

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य