TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सिट क्षमता अनुसार नै यात्रु राखेर जहाज सञ्चालन गर्न अनुमति, सोमबारदेखि नियमित उडान हुने


सिट क्षमता अनुसार नै यात्रु राखेर जहाज सञ्चालन गर्न अनुमति, सोमबारदेखि नियमित उडान हुने
ADVERTISEMENT

एयरलाइन्सले पूर्ण क्षमतामा यात्रु राखेर उड्न पाउने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र वायुसेवा सञ्चालकहरुबीचको छलफलमा मन्त्रालय पूर्ण क्षमतामा यात्रु राखेर जहाज सञ्चालन गर्न दिन सहमत भएको हो ।


यसअघि जहाजहरुले स्वास्थ्य सुरक्षाका लागि सीट क्षमताको आधा मात्रै यात्रु राखेर विमान सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको थियो । वायुसेवा सञ्चालकहरुले आधा मात्रै यात्रु राख्दा लागत खर्च समेत नउठ्ने भन्दै उडान नगर्ने निर्णयमा पुगेका थिए । सोही कारण असोज १ गतेदेखि खुला भएको उडानलाई असोज ५ गते सारिएको थियो । अहिले भने मन्त्रालय पूर्ण क्षमतामा जहाज चलाउन दिन सहमत छ । सोहीअनुसार मन्त्रालयले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई परिपत्र पठाएको छ । सो परिपत्रमा सीट क्षमताबारे कुनै विषय उल्लेख गरिएको छैन । सो परिपत्रमा असोज १५ गतेसम्मको लागि वायुसेवा सञ्चालकहरुलाई लकडाउनअघि ओगटेको बजारहिस्सा अनुसार २५ प्रतिशत उडान हुनेगरी तालिका स्वीकृत गर्न भनेको छ ।  त्यस्तै, आन्तरिक हवाई यात्राका लागि बोर्डिङ पास लिनुअघि यात्रुहरुले हेल्थ डिक्लियरेसन फर्म भरेर सम्बन्धित वायुसेवा संस्थालाई बुझाउनुपर्ने र सोही बमोजिम प्राधिकरणले सार्वजनिक सूचना निकाल्नुपर्ने व्यवस्था गरेको छ । 

त्यस्तै, विमानस्थलमा भिड हुन नदिन मौसम, प्राविधिक समस्या आदिका कारण उडान ढिलो हुने वा स्थगित हुने अवस्थामा ग्रुप एसएमएसमार्फत् सकेसम्म छिटो जानकारी दिनुपर्ने, यात्रुहरुले मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने, चालक, सहचालकहरुले मास्क भाइजर र पञ्जा अनिवार्य रुपमा लगाउनुपर्ने व्यवस्था गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले चार्टर्ड उडानको हकमा भने लकडाउनअघिकै अवस्था बमोजिम हुने व्यवस्था गर्न भनेको छ ।  
अक्टोबर १ देखि भने माग र औचित्यताको आधारमा थप उडान तालिका स्वीकृत गर्ने अधिकार मन्त्रालयले प्राधिकरणलाई नै दिएको छ । अन्तर्राष्ट्रिय उडानको हकमा माग र औचित्यता हेरेर प्राधिकरण आफैंले उडान स्वीकृति दिन सक्ने भन्दै मन्त्रालयले तर ७२ घण्टाभित्र पीसीआर नेगेटिभ नआएका व्यक्तिलाई भने ल्याउन नपाइने व्यवस्थालाई कडाईका साथ पालना गर्न समेत निर्देशन दिएको छ । तर, रिप्रिट्रियसन तथा कर्पोरेट चार्टर्ड उडानका लागि भने सीसीएमसी, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयसँग सहजीकरण गर्न पर्यटन मन्त्रालयले सहजीकरण गरिदिने र त्यसको आधारमा मात्रै प्राधिकरणले अनुमति दिने  व्यवस्था गर्न समेत भनेको छ । 

मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विमानस्थलमा ज्वरो जाँच गर्न तथा स्वास्थ्य अवस्था सोधपुछ गर्न र विमानस्थलभित्रको व्यवस्थापन र स्वयंसेवकको व्यवस्थाका लागि स्थानीय तहसँग समन्वय गर्न संघीय मामिला मन्त्रालयसँग अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड
Headline

मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड

September 7, 2025
Next Post
राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण र २ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा हुने

राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण र २ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा हुने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य