जनकपुरधाम, असोज २ गते । अखिल नेपाल राष्ट्रिय विद्यार्थी संघ ( अनेरास्ववियु) का धनुषा जिल्ला सदस्य एवम युवा नेता आनन्द झाले संविधान दिवसको शुभकामना दिएका छन् ।
संविधान दिवस २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गर्दै उनले मधेशवादी दललाई खबरदारी समेत गरेका छन् । नेता झाले आन्दोलनमा ज्यान गुमाएका शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान दिएका सम्पूर्ण देशवासीसहित नेतालाई हार्दिक आदर व्यक्त गरेका छन् ।मधेश आन्दोलनका बेला उठेका मुद्दा तथा मागहरु केही जायज रहेको भन्दै मधेशी दलको सत्ता मोहले पूरा नभएको उनले टिप्पणी गरेका छन् ।
मधेश आन्दोलनमा जनताले उठाएका मुद्दा र मागहरु अहिलेसम्म सम्बोधन नहुनु मधेशवादी दलको कमजोरी रहेको उनले आरोप लगाए । मधेशवादी दलले सत्ता पाएपछि सरकारलाई झक्झकाउन नसकेको भन्दै उनले मधेशवादी दललाई खबरदारी गरेका छन् । मधेशवादी दलको सरकार रहेको प्रदेश २ मा पनि जन भावना अनुसार काम नभएको उनले बताए । प्रदेश सरकार कार्यकर्ता पाल्न व्यस्त रहेको उनको भनाइ छ । सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकांक्षा र आशा मात्रै होइन मान्यता र सिद्धान्तलाई समेत बिस्तारै समेट्ने उनले विश्वास गरे ।
“असोज ३ गते संविधान जारी भएको दिन, आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन हो,” उनले भने, “त्यसैले उल्लासमय वातावरणमा देशभरि नै भव्यरुपमा राष्ट्रिय संविधान दिवस मनाउँछौँ ।” नेता झाले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको बताउँदै संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको उल्लेख गरे ।
तपाईको प्रतिक्रिया