भारतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन एक हजार एक सय ३० जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ हजार आठ सय ८२ पुगेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ९ सय ६१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै भारतमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५४ लाख ८७ हजार पाँच सय ८१ पुगेको छ । भारतमा कुल सङ्क्रमितमध्ये अहिले पनि दश लाख तीन हजार दुई सय ९९ जना सङ्क्रमित अवस्थामै रहेका छन् । कुल सङ्क्रमितमध्ये ४३ लाख ९६ हजार तीन सय ९९ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।
प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि दुई लाख ९८ हजार ५८३ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना सङ्क्रमितहरु छन् । त्यसैगरी आन्ध्र प्रदेशमा ८१ हजार सात सय ६३ जना सङ्क्रमित रहेका अधिकारीहरुले जनाएका छन् । भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म ६ करोड ४३ लाख ९२ हजार पाँच सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ ।
तपाईको प्रतिक्रिया