TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

आईपीएल : मुम्बईको पहिलो जित, कोलकाता ४९ रनले पराजित


आईपीएल : मुम्बईको पहिलो जित, कोलकाता ४९ रनले पराजित
ADVERTISEMENT

साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आइपीएल २०२० मा पहिलो जित हात पारेको छ ।


उदघाटन खेलमै साविक उपविजेता चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो । कप्तान रोहित शर्माको शानदार अर्धशतक अनि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बईले सहज जित हात पारेको हो । युएईमा मुम्बईले आइपीएलमा पहिलो खेल जितेको हो । यसअघि सन् २०१४ मा युएईमा आइपीएल हुँदा मुम्बईले ५ खेल हारेको थियो । जितपछि २ खेलबाट २ अंक जोडेको मुम्बई राम्रो रनरेटसहित अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ । कोलकाताले भने सन् २०१३ पछि आइपीएलमा आफ्नो पहिलो खेल हारबाट सुरुवात गरेको छ ।

इओन मोर्गन, आन्द्रे रसेल जस्ता खेलाडी भएको कोलकाताले मुम्बईले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभर खेल्दै ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि लोअर अर्डरमा ब्याटिङ गर्दै प्याट कमिङ्सले सर्वाधिक ३३ रन बनाए । उनले १२ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे । आफूलाई तेस्रो नम्बरमा प्रमोट गरेका कप्ता दिनेश कार्तिकले ३० र नितिश रानाले २४ रन जोडे । मोर्गनले २० बलमा १६ र रसेलले ११ बल खेल्दै ११ रन मात्र बनाए । मुम्बईका लागि ट्रेन्ट बोल्ट जेम्स व्याटिनसन जसप्रित बुमराह र राहुल चाहरले २-२ विकेट लिए । बुमराहले १६औं ओभरमा रसेल र मोर्गनलाई आउट गर्दै खेल मुम्बईको पक्षमा पारेका थिए । त्यसअघि अबुधाबीको शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले कप्तान रोहित शर्माको बानदार ब्याटिङमा २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । रोहितले ५४ बल खेल्दै ३ चौका र ६ छक्का मद्दतमा ८० रन बनाए ।

अर्धशतकबाट ३ रनले चुकेका सूर्य कुमार यादवले रोहितलाई गतिलो साथ दिए र यी दुईले दोस्रो विकेटका लागि ९० रनको साझेदारी गरे । यादवले २८ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ४७ रन जोडे । कोलकाताका लागि शिवम माभीले २ विकेट लिए । सबैभन्दा महँगा बनेका कमिङ्सले ३ ओभरमा ४९ रन खर्चिए ।

तपाईको प्रतिक्रिया

Related Posts

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड
Headline

मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड

September 7, 2025
Next Post
नारायणी र तिनाउ नदीमा बाढी : नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

नारायणी र तिनाउ नदीमा बाढी : नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य