TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

लोक सेवा परीक्षाको नयाँ तालिका सार्वजनिक


लोक सेवा परीक्षाको नयाँ तालिका सार्वजनिक
ADVERTISEMENT

लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ ।


आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ र २० गते हुने छ ।

व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा)को पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते हुने छ । यसैगरी परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुने छ ।

नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा मंसिर ७ गते हुने छ । तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गते तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोगले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

सहायक महिला विकास निरीक्षकको परीक्षा २५ असोजदेखि

स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता तथा कम्प्युटर सीप परीक्षण यही असोज २५, २६ र २७ गते हुने छ । अन्तरवार्ता र कम्प्युटर सीप परीक्षण लोक सेवा आयोगकै केन्द्रीय कार्यालय अनामनगरमा बिहान ७ः२० बजेबाट सुरु हुने आयोगको सूचनामा उल्लेख छ । पूर्वप्रकाशित लिखित नतिजाको सूचनामा तोकिएअनुसारकै कागजात लिएर निर्धारित समयभन्दा एक घण्टा अगाडि नै परीक्षा केन्द्रमा आउन आयोगले आग्रह गरेको छ ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा लिइने जानकारी दिए । ‘कोरोना संक्रमणको विशेष अवस्थामा परीक्षा सन्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड आयोगबाट स्वीकृत भएपछि सोही बमोजिम परीक्षा सञ्चालनको प्रबन्ध मिलाइने छ,’ उनले भने ।

सहसचिवको परीक्षा दशैं अगाडि नै

लोक सेवा आयोगले अन्तिम समयमा स्थगित गरेको सहसचिव सरहको सूचना प्रविधि विज्ञ पदको परीक्षाको नयाँ तालिका पनि आजै सार्वजनिक गरेको छ ।

नेपाल कृषि सेवा लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट र नेपाल विविध सेवाको परीक्षा दशैं अगाडि नै हुने छ । आयोगले शुक्रबार जारी गरेको सूचना अनुसार नेपाल कृषि सेवा लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट पदको प्रथम र द्वितीय पत्रको परीक्षा क्रमशः यही असोज २७ र २८ गते हुने छ ।

यसैगरी नेपाल विविध सेवा तर्फको परीक्षा असोज २९ र ३० गते हुने छ । दुवै परीक्षाहरु लोक सेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा बिहान ८ बजे तोकिएको छ । यसअघि यो पदको लिखित परीक्षा आयोगले लिइसकेको थियो । तर अन्तिम समयमा ‘विशेष कारण’ देखाउँदै आयोगले परीक्षा रद्द गरेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
जनकपुरधाममा चिन बिरुद्ध विरोध प्रदर्शन

जनकपुरधाममा चिन बिरुद्ध विरोध प्रदर्शन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य