जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रत्येक बर्ष हुँदै आएको बोकाबली प्रदान कार्यक्रम यसपाली नहुने स्थानीय प्रशासनले जनाएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै सोमबार बसेको स्थानीय प्रशासन र सरोकारबालाहरुको बैठकले राजदेवी मन्दिरमा प्रत्येक वर्ष हजारौंको सँख्यामा हुँदै आएको बोका बली यसपाली नगर्न सहमति भएको जनाईएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गरी सोमबार धनुषाका राजनीतिक दलका प्रतिनीधि, प्रदेश सभा सदस्य, सुरक्षा निकाय प्रमुख, नगरपालिकाका प्रतिनिधी, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र विभिन्न स्थानीय क्लवका प्रतिनिधीहरुको उपस्थितीमा बसेको बैठकले राजदेवी मन्दिर सहित अन्य ठाउँमा हुने बोकाबली कार्यक्रम नगर्ने सहमति भएको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै २०७७ सालको वडा दशैं पर्वमा जिल्ला भित्रका सम्पूर्ण मठ मन्दिरहरु, शक्तीपीठहरुमा बोकाबली नचढाउने तथा कुनै पनि भिडभाड हुने क्रियाकलाप नगर्ने सहमति भएको हो ।

तपाईको प्रतिक्रिया