नेपालमा बुधबार थप १५५९ जनामा कोरोना पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ५८२ महिला र ९७७ पुरुष गरि थप १५५९ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ । त्यस्तै बुधबार १०५७ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ५६,४२८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २०,८९१ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । हाल क्वारेन्टाइनमा ५४२८ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा १०,८०४ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १० हजार ८७ जना रहेका छन् ।
त्यस्तै हालसम्म १ लाख २१ हजार ५०३ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया