जनकपुरधामको धनुषसागर पोखरीमा कुदेका एक जना पुरुषको २४ घण्टापछि शव भेटिएको छ।
बुधबार साँझ पोखरीमा कुदेर बेपत्ता भएका अन्दाजी ३५ वर्षीय सो पुरुषको शव आज (बिहीबार) बिहान फेला परेको हो । स्थानीयका अनुसार पोखरीमा कुदेका पुरुष मदिरा सेवन गरेका थिए । पोखरीमा कुदेर बेपत्ता भएका सो पुरुषको शव प्रहरीको उद्धार टोलीले खोजेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ति पुरुष किन पोखरीमा कुदेको विषयमा केहि खुल्न सकेको छैन ।
परिचय खुल्न नसकेको मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन ।
तपाईको प्रतिक्रिया