पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ का वडा सदस्यका छोरा गाजासहित पक्राउ परेका छन् । वडा सदस्य दुखी ओझैया थारुका छोरा ४० वर्षीय राज ओझैया गाजासहित पक्राउ परेका हुन् ।
वडा नम्बर ५ देवरिया टोलस्थित राजको घरमा बिहीबार बिहान प्रहरीले छापा मारेर खानतलासी गर्दा घरभित्र भण्डारण गरी राखिएको १ क्विन्टल ३१ केजी गाजा बरामद भएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । राजको घरबाट आठ वटा बोरामा रहेको गाजा बरामद भएपछि गाजासहित उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पन्तले बताइन् ।
गाजासहित पक्राउ परेका राजलाई प्रहरी जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।
तपाईको प्रतिक्रिया