TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

‘मिस युनिभर्स नेपाल २०२०’ का लागि आवेदन खुल्ला


‘मिस युनिभर्स नेपाल २०२०’ का लागि आवेदन खुल्ला
ADVERTISEMENT

‘मिस युनिभर्स नेपाल २०२०’ का लागि आवेदन खुल्ला भएको छ ।


ब्रेभ, बोल्ड, एण्ड ब्युटिफूल प्रालि आयोजक रहेको प्रतियोगितामा शीर्ष उपाधिसहित रु १० लाख पुरस्कार समेत राखिएको छ ।  प्रतियोगीताका लागि आवेदन ‘मिस युनिभर्स नेपाल २०२०’ एम मार्फत भर्न सकिनेछ । एपको लन्च आज (बिहिबार) साँझ एपीवान टेलिभिजनबाट सार्वजनिक हुने कार्यक्रम ‘द नग्म्याटिक शो’ मार्फत हुँदैन । जसबाट मिस युभिनर्स नेपालको लागि एल्पिकेसन फारमा समेत सार्वजनिक हुँदैछ ।‘द नग्म्याटिक शो’ को आजको श्रृंखलामा आयोजकको तर्फबाट नग्मा श्रेष्ठले केहि महत्वपूर्ण घोषणा पनि गर्नेछिन् । ‘मिस युनिभर्स नेपाल २०२०’ को सबैभन्दा खास ताज विजेताले प्राप्त गर्ने पुरस्कार राशी पनि हो । रु. १० लाख पुरस्कार राशी रहेको यो सौन्दर्य प्रतिस्पर्धा अहिलेसम्मकै मूल्यवान प्रतिस्पर्धा भएको बताइएको छ ।

कार्यक्रममा ‘द नग्म्याटिक शो’ दर्शकलाई ‘मिस युनिभर्स नेपाल २०२०’ को सहयात्रा गराउने टेलिभिजन कार्यक्रम हो । यो ११ वटा सप्ताहिक श्रृंखलाका रूपमा प्रसारण हुनेछ । आज बिहिबारको कार्यक्रममा ‘मिस युनिभर्स नेपाल २०२०’ का प्रतिनिधिः शारीरिक सकारात्मकता (बडि पोजिटिभिटि) अभियन्ता तथा मिस युनिभर्स क्यानेडा २०१६ सिएरा बेअर्चल, निर्माता, मोडल तथा ट्रान्स अभियन्ता जीना रोसेरो, नेपालकी प्रसिद्ध गायिका तथा लोकप्रिय रियालिटी शो नेपाल आइडलकी जज इन्दिरा जोशी, पर्वतारोही तथा स्ट्यान्ड अप कमेडियन शैली बस्नेत, लाइफस्टाइल कोच प्रेरणा शाह, टिच फर नेपालकी सीइओ स्वस्तिका श्रेष्ठ, शुभेच्छा खड्का लगायतले प्रतियोगिताको बिषयमा जानकारी दिनेछन् ।

कद, तौल, भाषा आदि कुनैपनि आधारमा प्रतिबन्ध नलगाइएको साथै पारलैंगिक सहभागीहरुका लागि समेत आवदेन खुल्ला भएको प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२०’ विश्वकै सबैभन्दा समावेशी सौन्दर्य प्रतियोगिता भएको दाबी आयोजकको रहेको छ । ‘मिस युनिभर्स नेपाल २०२०’ मा मनमा नेपाल बोकेका जुनसुकै कद, तौल, भाषा, लैंगिकता वा यौनिकता भएका युवावर्गले सहभागिता जनाउन सक्नेछन्’ आयोजक संस्थाकी नग्मा श्रेष्ठले भनिन्, ‘अहिलेसम्म सम्पन्न प्रतियोगिता व्यक्तिहरुको पहुँचमा मात्र रहेको थियो । यहि कुरालाई परिवर्तन गर्दै सबै आर्थिक वर्गको समावेशीता सुनिश्चित गर्ने उद्देश्यले यो प्रतियोगीतामा सुरु भएको हो ।’

प्रतियोगितामा सहभागीका लागि एपमा प्राप्त हुने प्रथम २० आवेदनहरुले निःशुल्क सहभागीता जनाउन सक्नेछन् । त्यसपछिका ५००० आवेदनमा नेपाली नागरिकका लागि रु.१००० र गैरनेपालीका लागि ५० डलर आवेदन शुल्क तोकिएको छ । ‘मिस युनिभर्स नेपाल २०२०’ विश्वका अन्य प्रमुख सौन्दर्य प्रतिस्पर्धाहरुका तुलनामा प्रजातान्त्री हुने र बहादुर, साहसी, र सुन्दर प्रस्तिस्पर्धाको समेत अनुभूति हुने आयोजक पक्षले जानाएको छ । प्रतियोगितामा प्रतिस्पर्धाको विजेता शतप्रतिशत केवल भोटका आधारमा छानिनेछन् ।

 प्रतियोगिताको आयोजक ब्रेभ, बोल्ड, एण्ड ब्युटिफूल प्रालि (बि.बि.बि) रहेको छ । यो संस्था मिस युनिभर्स नेपाल २०१७ कि विजेता नग्मा श्रेष्ठद्वारा मिस युनिभर्स नेपाललाई अन्तराष्ट्रिय दृष्टिकोण अनुरुप उच्चस्तरीय बनाउँदै आफू सशक्त भएसरह नेपाली महिलाहरुको पनि प्रतिस्पर्धा मार्फत सशक्तिकरण गर्ने उद्देश्यबाट प्रेरित भइ स्थापना गरिएको हो । 

‘मिस युनिभर्स नेपाल २०२०’ मिस युनिभर्स संगठनको नेपाली फ्रान्चाइज हो । ‘मिस युनिभर्स संगठन २०२२’ को अन्तर्राष्ट्रिय फाइनल नेपालमा आयोजना गरिने लक्ष्य समेत ब्रेभ, बोल्ड, एण्ड ब्युटिफूल प्रालिले राखेको छ । मिस युनिभर्स संगठन (एम.यु.ओ) (एण्डेभर कम्पनि) मनोरञ्जन, फेशन, तथा परोपकार जगतमा रहेका विश्वभरका महिलाहरुका निम्ति अवसर सिर्जना गर्ने कार्यक्रम हो । 

तपाईको प्रतिक्रिया

Related Posts

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता
Headline

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता

December 18, 2025
Next Post
बुधबार, ११२० जना कोरोना संक्रमित थप

बिहिबार देशभर ४ हजार ३६४ संक्रमित थपिए

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य