कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । शैक्षिक वर्ष २०७७ मा नयाँ पाठ्यक्रमअनुसार पढाउन मन्त्रालयले देशभरका सबै विद्यालयलाई निर्देशन दिएको हो ।
केही विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पढाएको पाइएपछि विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्वीकृत पाठ्यक्रम अनुसार पठनपाठन गराउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ । विद्यालयले मन्त्रालयको निर्देशन पालना गरे नगरेको अनुगमन हुने र कारबाही समेत गरिने बताइएको छ ।
नयाँ पाठ्यक्रमअनुसार भएको पढाइबाट नै कक्षा ११ को मूल्यांकन हुने समेत बताइएको छ । अर्को वर्षदेखि कक्षा १२ मा पनि नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गराइने बताइएको छ ।
तपाईको प्रतिक्रिया