जनकपुरधाम । एकजना बालकको नालामा डुबेर मृत्यु भएको छ ।
सर्लाहीको पर्सा गाउँपालिकामा को वडा नम्बर ५ बस्ने ब्रहमदेव साहका ३ वर्षीय छोरा हिमांसुको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार साँझदेखि हराएका हिमांसुको खाजी गर्ने क्रममा घर अगाडिको नालामा मृत फेला परेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।
यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
तपाईको प्रतिक्रिया