TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मिथिलाञ्चलको होली पर्वमा मनाइने महामूर्ख सम्मेलन सुरु


मिथिलाञ्चलको होली पर्वमा मनाइने महामूर्ख  सम्मेलन सुरु
ADVERTISEMENT

जनकपुरधाम, ११ चैत । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र रूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंंदेखि निरन्तरता पाइरहेको छ ।


होली उत्सवका सन्दर्भमा यो परम्पराले निरन्तरता पाएको देखिन्छ । मिथिला क्षेत्र प्राचीनकालदेखि नै ज्ञान, चिन्तन र दर्शनको भूमिका रूपमा प्रख्यात छ । प्राच्य सभ्यताको विकासका साथै सनातन वैदिक धर्मको प्रचलन एवम् उत्तरवैदिककालमा भएको धार्मिक सुधार इत्यादिका साक्षीका रूपमा मिथिलाञ्चल क्षेत्र रहिआएको छ ।

जनकपुरधाम पौराणिककालमा मिथिला प्रदेशको राजधानी थियो । निमि , मिथि , शिरध्वज, बहुलाश्व जस्ता दार्शनिक, प्रतापी एवं जनप्रिय राजाहरूद्वारा सुशासित तथा याज्ञवल्क्य, गौतम, कणाद, गार्गी, मैत्रेयी जस्ता विद्वानहरूको योग, तप, ज्ञान र दर्शनले यो क्षेत्र सुसंस्कारित रहेको छ । सो समयमा विचार विमर्श, बैठक र सम्मेलनका माध्यमले चिन्तन, हास–परिहास हुने गरेको थियो ।

मिथिलाको संस्कृतिमा धर्मका साथै दर्शनको पनि महत्वपूर्ण स्थान रहिआएको मानिन्छ । दर्शनलाई धर्मसित सम्पृक्त मानिएको छ एवम् यसलाई धर्मको स्वभाविक परिणतिका रूपमा ठानिएको छ । राजा जनकको दरबारमा माया, कर्म, मुक्तिजस्ता विषयको विश्लेषण गरिएको पाइन्छ ।

विदुषी विद्युत्मा र महामूर्ख कालिदासको वैवाहिक सम्बन्धका दृष्टान्त पनि मिथिलाञ्चलमै रहेको छ । विद्वानहरूबीच शास्त्रका बारेमा चिन्तन, विवाद र समाधानको केन्द्रका रूपमा पनि यो ख्यात पाएको देखिन्छ । सोही भावमूमिमा विद्वानहरूले आपूmमा महामूर्खको भाव राख्ने, सभ्यता, संस्कृतिको रक्षा गर्ने, भाषा र कलालाई अभियानका रूपमा लिने, धरातीय अवस्थाको बोध गराउने प्रतीकका रूपमा महामूर्खको उपाधिले निरन्तरता पाएको बताइन्छ । महामूर्ख उपाधिमा सम्मान, अभियान र व्यङ्ग्य समाहित देखिएको छ, मिथिलावासी विद्यापे्रमी रहेका तथा यहाँ विद्वानहरूको कदर गरिने परम्परा रहेको तथ्य राजा जनकका राजसभाबाट ज्ञात हुन्छ ।

महामूर्खको उपाधि पाउनेमा साहित्यकार, अभियानी, संस्कृतिकर्मी, समाजसेवी, कलाकर्मी, लेखक र राजनीतिकर्मी रहेका छन् । हुन त समान्यतया महामूर्खको उपाधिले ग्लानी र हीनताबोध हुनुपर्ने हो तर मिथिलाञ्चल क्षेत्रमा यो उपाधिका लागि निकै प्रतिस्पर्धा हुने गरेको पाइन्छ ।

राजनीतिकर्मी बजरङ्गप्रसाद साहका अनुसार जनकपुरधाममा होरी मनाउने सन्दर्भमा यो उपाधि महत्वपूर्ण स्थान रहेको बताउछन् । महामूर्खको उपाधि र होरी उत्सवलाई बूढापाकाले दिएका निरन्तरताका शृङ्खलाका रूपमा आपूmले २०३६ सालमा कानूनविद् गिरिशचन्द्र लाललाई महामूर्खको उपाधि जानकी मन्दिर परिसरमा आयोजित होरी उत्सवमा प्रदान गरेको पनि उनी बताउछन् ।

सोही उत्सवमा विमलेन्द्र निधि, वृषेशचन्द्र लाल, समीर घिमिरे, प्रेमकिशोर साहलगायत अभियानीहरूले तत्कालीन राजालाई व्यङ्ग्य गरी मञ्चबाट महामूर्खको सङ्ज्ञा दिएका कारण सो अभियानपछि गएर शासक वर्गको बक्रदृष्टिको शिकार हुन पुगेको बताइन्छ ।

शासक वर्गको बक्रदृष्टि भएपछि विभिन्न युवा क्लबहरूले होरी उत्सवलाई रङ उत्सवका रूपमा मनाउन थालेको देखिन्छ । राजनीतिकर्मी साह आफ्नो पहलमा शुरुमा महावीर चोकमा होली मनाउने सन्दर्भमा जोगिरा गायन र मटका फोर अभियान पनि सञ्चालन गरेको भन्छन् ।

केही वर्षसम्म महामूर्खको उपाधि प्रदानमा इतिहास मौन देखिए पनि मिथिला नाट्य कला परिषद्ले यसलाई जीवन्तता दिएको पाइन्छ । परिषद्ले २४ वर्षदेखि महामूर्खको उपाधि प्रदान गरिँदै आएको छ । सो परिषद् महामूर्खको उपाधि पाउनेमा ओमकुमार झा, नरेश ठाकुर, हरिबहादुर बिसी, डा राजेन्द्र विमल, रामचन्द्र झा, रामसरोज यादव, सिके लाल, शीतल झा, लालकशिोर साह र लालबाबु राउतलगायत व्यक्ति रहेका छन् ।

सामाजिक संस्कृतिको अङ्गका रूपमा विद्वत वर्गदेखि अभियानी, राजनीतिकर्मीलाई निराकार भाव, व्यङ्ग्य र सम्मानमूलक रूपमा सो उपाधि प्रदान गरिँदै आएको हो । यही चैत १५ गते जानकी मन्दिर परिसरमा हुने होरी उत्सवमा सो उपाधि प्रदान गर्ने जनाइएको छ ।

भनिन्छ कि मिथिलाका विद्वान ज्ञानका क्षेत्रमा स्वयम् एउटा संस्था हुने गरेका कारण यस पटक महामूर्खको चयन निकै चासोको विषय बनेको छ । चयन समितिका संयोजक श्यामसुन्दर शशि युद्धस्तरमा महामूर्ख र पटमूर्खको खोजी जारी रहेको बताउछन् । यसपटक २५औँ महामूर्ख उपाधिका लागि कुन क्षेत्रका व्यक्ति हकदार हुनुहुन्छ भन्ने प्रश्नमा संयोजक शशिले नाम आउने क्रम जारी छ भने ।

परिषद्ले यही चैत १४ गते होरी गायन प्रतियोगिता र १५ गते महामूर्ख सम्मेलनको कार्यक्रम राखेको छ । सम्मेलनमा एक जनालाई महामूर्ख र सात जनालाई पटमूर्खको उपाधि प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
Next Post
कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन

कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य