TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

स्थानिय तह निर्वाचनपछि फेरिएको कमला नगरपालिकाको मुहार


स्थानिय तह निर्वाचनपछि फेरिएको कमला नगरपालिकाको मुहार
ADVERTISEMENT

धनुषा जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने कमला नगरपालिका विकासमा पछाडी परेको ठाउँ थियो । पुस्तौदेखि विकास कुरिरहेको कमला नगरिपालिकाको मुहार भने अहिले फेरिएको छ । स्थानीय तहको निर्वाचनपछि भौतिक पूर्वाधार विकासले गति लिएसँगै यहाँको सडक हिलाम्मेबाट पक्कीमा परिणत भएको छ । ६ वटा गाविसका सबै भूभाग समेटेर कमला नगरपालिका स्थापना भएको हो । धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीलाई किनारमै यो नगरपालिका अवस्थित छ ।


४ वर्षको कार्यकालमा कमला नगरपालिकाले विकासमा फड्को मारेको छ । यहाँको अनुभव अरु पालिकाका लागि राम्रो सिकाइ हुनसक्छ । यसै विषयमा केन्द्रीत रहेर कमला नगरपालिकाका नगर प्रमुख रामउदगार गोइतसँगकको अन्तरवार्ताः

स्थानीय तह निर्वाचनपश्चात कमला नगरपालिकामा के–के गर्नु भयो ?

स्थानीय तह निर्वाचन पूर्व कमला नगरपालिका पिछडिएको ठाउँ थियोे । स्थानीय तहको निर्वाचनपश्चात नगर पालिकामा विकास निर्माण सम्बन्धि गतिविधिलाई पहिलो प्राथमिकतामा राखि काम आगाडी बढाउदैं आएका छौं । मोटर तथा कृषि बाटो निर्माण गर्यौं । शिक्षा क्षेत्रमा १२ कक्षामा कृषि प्रयोगशाला स्थापना गरेका छौं । स्वास्थ्य क्षेत्रमा अहिले नौ वटै वडामा स्वास्थ्य चौकीको निर्माण भएको छ । यस्तै प्रत्येक वडामा सामुदायिक भवन पनि निर्माण भएको छ । धार्मिक पर्यटकिय क्षेत्रका मठ मन्दिर संरक्षण गर्ने कार्य गरेका छौ । कृषि क्षेत्रमा कृषि तालिम, पुराना सिचाई मर्मत सम्भार तथा नयाँ निर्माण गरेको छौं, संघीय सरकारसँग कृषि बहुउदेश्यीय परियोजना ल्याउनको लागि पहल हुँदै छ ।

स्थानीय तहमा कति कानुन निमाण गर्नु भयो ?

स्थानीय तहमा कानुन निर्माण गर्ने कुरा गर्दा २/३ क्षेत्रमा मात्र कानुन बनाएका छौं । हामीले शिक्षा क्षेत्रका लागि कानुन निर्माण गरेका छौ । विपद व्यवस्थापन समितिका लागि कानुन बनाएका छौ । बाँकी संविधानअनुसार काम गरिरहेका छौं ।

कोभिड १९ (कोरोना ) महामरीका बेला कमला नगरपालिकाले कति बजेट खर्च गर्यो ?

कमला नगरपालिकाले कोरोनाको पहिलो लहरमा एककरोड भन्दाबढी खर्च गरेको छ । नौवटा वडाको प्रत्येक विद्यालयमा क्वारेन्टाइन व्यवस्थापन गर्दै पिसिआर परिक्षण गरी निको भए घर, नभए प्रादेशिक अस्पताल जनकपुर पठाउनुका साथै राहतको व्यवस्था पनि गरेका थियौं । दोस्रो लहरमा कोभिड अस्पतालको निर्माण गरेर संचालनमा ल्याएका छौं । अहिले पनि कोरोना नियन्त्रण समिति बनाएर निरन्तर काम गरिरहेको स्थिति छ ।

जनताहरुसँग निर्वाचनका बेला गरिएका घोषणा पत्रका कति वटा प्रतिबद्धता पुरा भयो ?

हामीले निर्वाचनका बेला जनतासँग गरिएका प्रतिबद्धता लगभग धेरै पुरा गरेका छौं । शिक्षा क्षेत्रमा सुधार, स्वास्थ्य क्षेत्रमा प्रत्येक नागरिकको पहुँच, महिला स्वरोजगारका लागि विभिन्न सिपमुलक तालिमको निर्माण, ६ वटा वडामा विद्युतको लाइन जडान, कृषि बाटो निर्माणलगायत कार्यहरु गरेका छौ । सिचाँईको लागि केन्द्र सरकारसँग माग गरेका छौ, आशाा छ त्यो पनि पुरा हुन्छ ।

कमला नगरपालिकामा विद्युत्को अवस्था कस्तो छ ? पहिले र अहिलेमा के फरक छ ?

कमला नगरपालिकामा नौ वडा छन् । स्थानिय तहको निर्वाचन हुँदा ती नौ वटा वडामध्ये ६ वटा वडामा विद्युत सेवा थिएन । एक वर्षभित्र त्यहाँ विद्युत जडान गरियो । नगर क्षेत्रभित्र लगभग सबैतिर विद्युत पुर्याएका छौ । कुनै ठाउँमा नयाँ बस्ती छ, त्यहाँ पनि चाँडै नै पुर्याउने प्रयासमा छौं । अहिले विद्युत्को अवस्था पहिला भन्दा धेरै राम्रो भएको छ यसका साथै सबै ठाउँमा इन्टरनेट वाइफाइको व्यवस्था पनि गरेका छौ । अहिलेको अवस्था देखेर यहाँका जनता खुशी छन् ।

नगरपालिकाले आफ्नो प्रशासनिक भवन र आधारभूत अस्पताल निर्माणका लागि के कस्तो पहल गरेको छ ?

नगरपालिकाको आफ्नो प्रशासनिक भवन निर्माणाधिन छ । कोरोनाको कारणले निर्माण कार्यमा केही ढिलासुस्ती भएकोले बजेट फिर्ता गएको छ । प्रशासनिक भवन निर्माणको लागि नगरपालिकाबाट दुई करोड र संघीय सरकारबाट तीन करोड २० लाख प्राप्त भएको थियो । इबिडिङ्ग ठेक्कमा पौने ६ करोड परेको छ । संघ सरकारसँग ठेकेदारको निर्माण कार्य अवधि थप गरि रकम पठाइदिन माग गरेका छौं । त्यस्तै संघीय सरकारबाट प्राप्त हुने १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि जग्गा छनोट, डिपीआर, स्वाइल टेस्ट जस्ता प्रकृया पुरा गरि सरकारसँग माग गरेका छौं ।

कोरोना महामारीमा रोजगार गुमाएर स्वदेश फर्किएका वा स्वदेशमै रोजगार गुमाई बेरोजगार भएका युवाहरुका लागि रोजगारी दिने कुरामा के गर्नु भएको छ ?

वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई प्रधान मन्त्री स्वरोजगार कार्यक्रम मार्फत आफ्नै देशमा केही गर्न चाहनेलाई सो कार्यक्रमा सहभागी गराई उनीहरु सिप क्षमताको आधारमा सिर्जना गराउने वातावरण निर्माण गरेका छौं र जो संग सिप छैन तिनीहरुलाई सिप प्रदान गरि आवश्यक साधन स्रोतको व्यवस्था पनि गराइएको छ । जस्तै महिला शसक्तिकरणमा सिपमुलक तालिममा कटाई, सिलाइ तथा बुनार्ई, साबुन सर्फ बनाउने जस्ता अन्य तालिमको समेत व्यवस्था गरेका छौं ।

आगामी दिन एकवर्ष कार्यकाल बाँकी छ यो एक वर्षको अवधिमा के कस्ता कामलाई प्राथमिकतामा राख्नु हुन्छ ?

बाँकीरहेको एक वर्षे कार्यकालमा अपुरा तथा अधुरा रहेका कामलाई प्राथमिकतामा राख्ने छौं । पहिले अधुरा रहेका काम सम्पन्न गरेर मात्र नयाँ कामको सुरुवात गर्ने छौ । यो अन्तरवार्ता दि राईजिङ्ग नेपाल दैनिकमा छ ।

 

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
Next Post
जलेश्वर भिठ्ठामोड भन्सार नाका आईतवारबाट खुल्ने

जलेश्वर भिठ्ठामोड भन्सार नाका आईतवारबाट खुल्ने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य