TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रादेशिक अस्पताल जनकपुरधामको अवस्था फेरिँदै


प्रादेशिक अस्पताल जनकपुरधामको अवस्था फेरिँदै
ADVERTISEMENT

जनकपुरधाम, चैत ७ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार प्राध्यापक डा. विनोदकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधामको स्वामित्व फेरिसँगै अवस्था पनि फेरिएको दावी गर्नुभयो ।


सोमबार प्रादेशिक अस्पताल जनकपुरधाममा आयोजित मेडिकल सामग्री हस्तान्तरण तथा सम्मान कार्यक्रमको अवसरमा डा. यादवले अस्पतालको फोहोर व्यवस्थापनमा दुई महिनाको कडा मेहनतपछि अस्पतालमा सुधार आएको दावी गर्नुभएको हो । उहाँले असम्भव कुनै काम नरहेको भन्नुहुँदै अस्पतालको फोहोर व्यवस्थपनमा सफाई कर्मचारीहरुको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो ।

डा. यादवले दुई महिनामा सुधार हुन्छ भने आगामी दिनमा पनि अवश्य सुधार गर्न सकिने बताउनुहुँदै अस्पताल बाहिरका फोहोर व्यवस्थापनमा जनकपुरधाम उपमहानगरपालिकालेले ध्यानदिनुपर्ने बताउनुभयो । अस्पताललाई स्वस्थ बनाउन सफाईकर्मी मात्र नभएर सबैजनालाई साथ दिन आग्रह गर्नुभयो । उहाँले अस्पतालको स्वामित्व मात्र हैन अब अवस्था पनि फेरिएको छ,‘भन्नुभयो ।, जुन स्थानमा सेवाग्रही उभिन पनि चाहदैन थिए त्यस स्थानमा खाना खान मिल्ने बनाएको बताउनुभयो ।

उहाँले काम नगर्ने तथा लापरवाही गर्ने कर्मचारीलाई कारवाही गरिने बताउनुभयो । चाहे त्यो जुनसुकै विभागको किन नहोस कारवाही सबैलाई हुन्छ, भन्नुभयो । गत दुई महिनामा प्रादेशिक अस्पतालको फोहोर व्यवस्थापन गर्न सकिन्छ भने आगामी दिनमा पनि सकिने बताउनुभयो ।

फोहर मैला व्यवस्थापनका लागि केन्द्र स्थापना भइसकेको जानकारी दिँदै उहाँले संघीय सरकारले छिट्टै सोको लागि भवन निर्माण प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

प्रादेशिक अस्पताल जनकपुरधामको फोहोर व्यवस्थापनमा सुधार भएको देख्दा यंयुक्त राष्ट्र विकास कार्यक्रत्रम (यूएनडीपी)का कार्यक्रम संयोजक राजेश बर्माले काठमाडौंस्थित आर्मी अस्पताल, त्रिभुवन शैक्षिक अस्पतालको उदाहरण दिनुहुँदै जनकपुरमा पनि असम्भव नरहेको बताउनुभयो । संयोजक बर्माको उपस्थितिमा युएनडीपीको तर्फबाट अस्पताललाई ११ लाख रुपियाँ बराबरको मेडिकल सामग्रीहरु हस्तान्तरण गरिएको छ । सामग्रीहरुमा वटर प्युरिफायर, मेडिकल ट्रलीललगायतको सफाइमा उपयोगी सामग्रीहरु रहेका छन् ।

सामग्री हस्तान्तरण गर्ने क्रममा अस्पतालका १० जना उत्कृष्ट सफाई कर्मचारीलाई सम्मान स्वरुप झोला, डायरी, सेनिटाइजरलगायत विभिन्न सामग्रीहरु पनि प्रदान गरिएको छ । आगामी दिनमा राम्रो काम गर्ने अन्य कर्मचारीलाई पनि प्रोत्साहीत गर्ने अस्पतालले जनाएको छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पतालको बिग्रीँदो अवस्थाको बारेमा चारैतिर चर्चा भइरहेको ठूलो चुनौतीको रुपमा रहेको अस्पतालको फोहोर व्यवस्थापनलाई दुई महिनाभित्र व्यवस्थित गरेर ठूलो उपलब्धि हाँसिल गरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालको आफ्नै स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र समेत रहेको छ भने महिनामा फोहोरबाट अस्पतालले ८÷१० हजार रुपियाँको आम्दानी समेत हुन थालेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
Next Post
सञ्चारमन्त्री शर्मा भारत भ्रमणमा

सञ्चारमन्त्री शर्मा भारत भ्रमणमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य