TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मलेसियाद्वारा नेपालसहित १५ देशका कामदार लैजाने कोटा प्रमाणित


मलेसियाद्वारा नेपालसहित १५ देशका कामदार लैजाने कोटा प्रमाणित
ADVERTISEMENT

काठमाडौं, चैत ८ गते । मलेसियाले जनवरीदेखि मार्च १८ सम्म नेपालसहित १५ वटा श्रोत देशबाट ९ लाख ९५ हजार तीन सय ९६ जना विदेशी कामदार ल्याउने कोटा प्रमाणीत गरेको छ । तर नेपालको लागि मात्रै अलग्गै कोटा भने छुट्टाइएको छैन । यद्यपि मलेसियाका लागि नेपाल प्रमुख स्रोत देश मानिन्छ ।


मलेसियाले सुरक्षा गार्डका लागि मात्रै नेपालका लागि कोट छुट्ट्याउने गरेको छ । पछिल्लो ८ महिनाको अवधिमा मलेसियाका लागि १ लाख ७४ हजार ९३८ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

 

मलेसियाको मानव संशाधन मन्त्रालयका अनुसार सबैभन्दा बढी कोटा उत्पादन क्षेत्रको लागि छुट्टाइएको छ । उत्पादन क्षेत्रमा तीन लाख ८७ हजार एक सय २२ जना तोकिएको छ । त्यसैगरी निर्माण क्षेत्रमा तीन लाख ४२ हजार एक सय ६ जना, सेवा क्षेत्र (रेष्टुरेन्टको लागि मात्रै) एक लाख ४३ हजार पाँच सय ६८ जना, प्लान्टेसन क्षेत्रमा ७६ हजार ३ सय २५ जना कृषिमा ४५ हजार ८ सय ९९ जना र खानी क्षेत्रमा तीनसय ७६ जनाको कोटा प्रमाणीत गरेको छ ।

मलेसियाले यी क्षेत्रमा कामदारको अभाव भएको भन्दै श्रोत देशबाट कामदारलाई भर्ना गर्न रोजगारदातालाई अनुमति दिएको हो । मलेसियाले गत जनवारीदेखि यी क्षेत्रमा कामदार भर्ना गर्न फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान (एफडब्लुइआरपी) कार्यक्रम लागू गरेको थियो । कोटा प्रमाणीत गरे अनुसार रोजगारदाताहरुले कामदार भर्ना प्रक्रियालाई ढिला गर्न थालेपछि आइतबार (चैत ४) देखि नयाँ कोटा प्रमाणीत गर्ने कार्य भने रोकिएको छ । ‘कोटा प्रमाणीत अनुसार कामदार ल्याउने कार्य भने सुस्त छ । यो समयमा रोजगारदाताले आफूले पाएको कोटा अनुसार तीव्र गतिमा भर्ना गर्नुपर्छ’, मानव संशाधन मन्त्री भी शिवकुमारले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलका अनुसार मलेसियाले देशगत आधारमा कामदार ल्याउने कोटा तोक्ने गरेको छैन । ‘झन्डै १० लाख कोटा छुट्टाइएको छ । त्यो १५ वटा श्रोत देशको लागि नै खुला छ’, राजदूत पौडेलले भने,‘नेपालको लागि सुरक्षा गार्डको क्षेत्रमा मात्रै सुनिश्चित गरिएको छ । हामीले नेपालको लागि छुट्टै कोटा प्रमाणीत गर्न पहल गरिरहेका छौं ।’

 

उनले सरकाबाट कोटा प्रमाणीत भए पनि रोजगारदाताले आफू अनुकुल कामदार भर्ना गर्ने अवस्था रहेको बताए । ‘कोटाको म्याद दुई वर्ष हुन्छ । त्यो समयभित्र जहिले ल्यायो पनि भयो,’ उनले भने,‘पछिल्लो समयमा जसरी कोटा प्रमाणीत भइरहेको छ, त्यसरी कामदार ल्याइएको छैन । नेपालमा धेरै रोजगारदाताले छनोट गरीसकेका कामदार पनि अहिले होल्डमा छन् ।’

पछिल्लो तीन महिनामा नेपालबाट कामदार ल्याउन १२ सय २९ वटा कम्पनीले नेपाली दूतावासमा मागपत्र प्रमाणीत गराएका थिए । त्यसअघिको तीन महिनामा भने ४५ सय ३७ वटा कम्पनीले मागपत्र प्रमाणीत गरेका थिए ।

आर्थिक मन्दीका कारण मलेसियाको उद्योगमा उत्पादनमा कटौती गरिरहेको छ । कामदारहरुले नियमीत ड्युटी (आठ घण्टा) मात्रै दिइरहेको छ । ओभरटाइम दिइएको छैन । मलेसियामा न्यूनतम तलबवापत १५ सय रिंगेट र ओभरटाइमवापत करिब ८ सय ४३ रिगेट गरी २३ सय ४३ रिगेट (करिब ७० हजार रुपैयाँ) पाउने भन्दै नेपाली कामदारको आकर्षण छ ।

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
प्रयोगमै नरहेका विषादीको परीक्षण

प्रयोगमै नरहेका विषादीको परीक्षण

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य