जनकपुरधाम, वैशाख १४ गते । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले सरकार बनाउने र भत्काउने काममा एमाले नलाग्ने बताएका छन् ।
सरकार बनाउने र भत्काउने काममा वर्तमान सत्ता गठबन्धन लागेपनि त्यसमा नेकपा एमाले नलाग्ने उनले स्पष्ट गरेका हुन् । उनले एमालेले परस्थिति अनुसार आफ्नो निर्णय गर्ने बताए ।
उपनिर्वाचनपश्चात् गठबन्धनमा फेरबदल हुन सक्ने बताउँदै पोखरेलले परिस्थिति अनुसार एमालेले आफ्नो भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारे ।
बिहीबार जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पोखरेलले यो गठबन्धन मुलुककालागि दुर्भाग्य रहेको टिप्पणी गरे । उनले वर्तमान गठबन्धन सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको बताए ।
वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको बताउँदै पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र देश बनाउने नेतृत्व एमालेले गरिरहेको दाबी गरे ।









तपाईको प्रतिक्रिया