पार्बती साउद काठमाडौं, असार २५ गते ।
नेपाली समाज अहिलेको एक्काइसौँ शताब्दीमा पनि विभिन्न सामाजिक समस्याहरुले जेलिएको छ । संसार सामाजिक समस्याहरुलाई चिर्दै विकासको बाटोमा अग्रसर भइरहदा पनि हामीले सामाजिक समस्याबाट मुक्ति पाउन सकेका छैनौँ ।नेपाली समाजमा गढेर रहेका समस्याहरु मध्ये लैङ्गिक विभेद पनि एउटा कहाली लाग्दो अमानवीय समस्याको रुपमा जरा गाढेको छ । लैङ्गिक विभेद भन्नाले महिला र पुरुषको बिचका गरिने भेदभावलाई बुझाउछ । नेपाली समाजमा छोराछोरी,महिलापुरुषको बिचमा भेदभाव अझै पनि कायमै रहेको अवस्था छ । भन्नलाई लैङ्गिक समानता ठुला ठुला कुरा गरिन्छ । छोराछोरी समान हुन ,महिलापुरुष एउटै रथका दुइा वटा पांग्रा हुन भनेर भनिन्छ ।तर ती कुरा नारामा मात्रै सिमित रहेका छन् । वास्तविक रुपमा हेर्दा छोरालाई काखा र छोरीलाई पाखा गरिएको हुन्छ । महिलालाई एउटा दासीको रुपमा घरको चारभित्ता भित्र सीमित राखिएको पाईन्छ ।
लैङ्गिक विभेदको एउटा ज्वलन्त उदाहरणको रुपमा गर्भाअवस्थामै छोरा अथवा छोरी के छ भनी जाँच गरिने कुरालाई लिन सकिन्छ ।नेपाली समाज एउटा पुरुष प्रधान समाज भएकाले छोरालाई बढि महत्व दिइएको भन्ने गरिन्छ । हाम्रो समाजमा सम्पन्न गरिने सम्पुर्ण सामाजिक ,साँस्कृतिक ,धार्मिक ,आर्थिक आदि क्रियाकलापहरुको आधारस्तम्भको रुपमा छोरा लिइएको पाइन्छ भने छोरीलाई पराईघर जाने जात भनेर भनिन्छ । यसै कारणले छोरा जन्मदा ‘‘आफैसंग रहने जन्म्यो” र छोरी जन्मदा “परघरी” जन्मिई भनेर भन्ने गरिन्छ ।
एउटा शिक्षित परिवारमा पनि यो भेदभाव झन विकाराल रुपमा रहेको देखेका छौ । जब छोराको विवाह हुन्छ तब त्यो परिवार नव दुलहीबाट सन्तानको अपेक्षा राख्नु स्वाभाविक हो तर पहिलो सन्तान छोरा नै होस भन्ने चाहाना हुन्छ । ती महिलाबाट सन्तानको रुपमा छोरी पहिलो सन्तानका रुपमा जन्मिन्छ तर परिवारमा त्यती खुसी भएको पाइदैन ,दोस्रो सन्तानको रुपमा पनि छोरी हुन्छ भन्ने सोचेर गर्भ जचाँउछन । लिंग पहिचानमा छोरा कि छोरी भनेर थाहा पाएपछि छोरा भए राख्ने छोरी भए भ्रुण हत्या गर्ने प्रवृति अहिले बढेको पनि छ । छोरीको जन्म हुनु महिलाको दोष नदेख्ने हाम्रो समाज महिलालाई मात्रै मानसिक तनाव दिइरहेको हुन्छ । आखिर महिलाको कुनै दोष नै हुदैन छोरी जन्मेकै कारण विभिन्न किसिमका गाली सहनुपर्ने हुन्छ ।
छोराछोरी बराबरी भन्दा के नै बिग्रिने हो र भन्ने यो शब्दले जबसम्म छोराछोरी र महिलापुरुषको यो विभेदको पुर्णरुपले लागु हुदैन तबसम्म सुन्दा नी नरमाइलो महशुस हुन थाल्छ ।
नेपाली समाजमा अहिले सम्म पनि छोराछोरीको बिचमा विभेद कायमै रहेको पाइन्छ । छोराछोरी बराबरी भन्ने नारामा मात्र सिमीत रहेको पाईन्छ । शिक्षित परिवारमा बढे हुुर्के पनि विभेद हुन्छ । कुनै पनि परिवारमा छोराको आशमा तिन चार जनासम्म सन्तान जन्मिए पनि छोरा नभएको गुनासो गर्छन । आखिर छोरीलाई किन समाजमा निर्धक्क स्विकार गर्दैनन् ?परम्परागत कुराले गर्दा नै छोराले समाजिक कुरा जस्तै मर्दा पर्दा काम लाग्छ भन्ने गर्छन यो कुरा त छोरीले पनि गरेको पाइन्छ तर हाम्रो समाजले यस्तो कुरालाई स्वीकारको छैन् । शिक्षित परिवारमा पनि छोराको नै खोजी हुन्छ , जब महिला गर्भवती हुन्छिन तब उनलाई जाँच गरिन्छ छोरा छ की छोरी छ भनेर । यदि छोरा छ भने राख्ने गर्छन भने छोरी भए गर्भमै हत्या गरिन्छ ।








तपाईको प्रतिक्रिया