TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मधेश प्रदेश सरकारको सय दिन, उल्लेख्य काम गरेको दावी


मधेश प्रदेश सरकारको सय दिन, उल्लेख्य काम गरेको दावी
ADVERTISEMENT

जनकपुरधाम, असोज १० गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले यस दिनमा आफू नेतृत्वको प्रदेश सरकारले उल्लेख्य काम गरेको दावी गर्नुभयो । भोलिको काम आज र आजको काम अहिले भन्ने शैलीमा अघि बढिरहेको बताउनुभएको छ ।


मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मधेश प्रदेशले बुधबार जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश सरकारको सय दिनको अवधिमा भएका कार्यको सार्वजनिकिकरण कार्यक्रममा मुख्यमन्त्री सिंहले भोलिको काम आज र आजको काम अहिले भन्ने शैलीमा सरकार अघि बढिरहेका कारण वर्तमान सरकारले सय दिनमा उल्लेख्य काम गर्न सफल भएको दावी गर्नुभएको हो ।

उहाँले जनताका आवश्यकतालाई मध्यनजर गर्दै नीतिगत रूपमा सशक्त एवं पारदर्शी कार्ययोजना कार्यान्वयन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“बजेट ल्याउने चटारोमा पनि प्रदेशका अधिकांश आवश्यकतालाई समेट्ने प्रयास गरेका छौं, काम ग
कार्यकालको आरम्भमै आधारभूत समस्या र त्यसबाट उत्पन्न परिणाम एवम् समाधानका उपायका बारेमा गहिरो अध्ययन गरी प्रदेशको प्रशासकीय सुधार, सुशासनको प्रत्याभूति, समृद्धि, सन्तुलित एवम् आत्मनिर्भर मधेशका लागि तीव्रतर र परिणाममुखी काममा जोड दिएको मुख्यमन्त्रीको भनाई छ ।
उहाँले प्रदेश लोकसेवा आयोगमा रिक्त अध्यक्ष र एक सदस्य नियुक्त गरी आयोगलाई पूर्णता दिएको र। आयोगले प्रदेश सरकारका लागि जनशक्ति व्यवस्थापनको कार्य द्रुत गतिमा अगाडि बढाएको जानकारी समेत दिनुभयो । आवश्यक कानुनका लागि विधेयक, कार्यविधि, निर्देशिका र मापदण्ड आदिको तर्जुमा प्रक्रिया तीव्र बनाई लागु गर्न प्रक्रियागत कामहरू अघि बढाएका बताउनुभयो ।

यस्तै प्रदेश सरकारको सय दिने कार्य प्रगति विवरणमा मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठान जनकपुरधामलाई एमबिबिएस कार्यक्रम सञ्चालनका लागि मन्त्रिपरिषद् बैठकले अनुमति तथा चिकित्सासेवा आयोगले यस वर्षबाटै प्रारम्भ हुनेगरी प्रतिष्ठानलाई एमबिबिएस अध्ययनअध्यापनका लागि ५० सिटको स्वीकृति दिएको छ, प्रदेश सरकारले प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पतालमा तीन सय बेड थप्ने निर्णय गरेको छ । त्यसका लागि स्रोतसमेत सुनिश्चित गरिएको छ ।

यस्तै शैक्षिक गुणस्तर विकासका लागि सिकाइ प्रणाली रूपान्तरण गर्न धनुषा र सिरहामा शैक्षिक पार्क बनाउने प्रक्रिया अघि बढाइएको छ भने प्रदेशको आठवटै जिल्लामा क्रमिक रूपमा एक–एक वटा शैक्षिक पार्क स्थापना गर्ने सरकारको योजना छ ।

कृषि महिला स्वयंसेवक कार्यक्रम अगाडि बढाइएको छ भने माटो परीक्षणको उपादेयता र विषादीका प्रभावबारे किसानलाई जानकारी हुने, पशुबिमा, निर्वाचन क्षेत्रलक्षित कृषि विद्युतीकरणलगायत कार्यक्रम अघि बढाएर कृषिक्षेत्रलाई प्राथमिकतामा राखिएको मुखयमन्त्री सिंहले बताउनुभयो ।


मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारबाट फर्केका नागरिकलाई स्वरोजगार कार्यक्रम, स्टार्टअप अनुदान, लघुउद्यम प्रवद्र्धन कार्यक्रम, मधेश वैदेशिक रोजगारी उद्धार केन्द्र स्थापना, आप्रवासनसम्बन्धी डिजिटल प्रोफाइलिङ्ग, मुख्यमन्त्री रोजगार कार्यक्रम, तालिमसहितको स्वरोजगार कार्यक्रमका लागि अवधारणापत्र बनाई कार्यविधि तर्जुमा गरेको, अन्तर्राष्ट्रिय रामजानकी क्रिकेट रङ्गशालाका लागि अवधारणात्मक संरचना तयार भई डिपिआर तयार हुने क्रममा, प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयक, प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा बनेको विधेयक प्रदेशसभाबाट पारित भएका छन्  भने प्रदेश सरकारकै अग्रसरतामा हुनुपर्ने भनी औँल्याइएका वा समयसँगै प्रदेश सरकारले सम्पादन गर्न नसकेका संरचना र प्रक्रियालाई तीव्रता दिइएको उहाँको भनाई छ ।
मुख्यमन्त्रीले सार्वजनिक गर्नुभएको विवरणमा पत्रकारहरुले चित्त नबुझेका विषयमा प्रश्न गरेको थिए भने मुख्यमन्त्रीले उक्त प्रश्नको जवाफ समेत दिनुभएको थियो ।
कार्यक्रममा मधेश प्रदेश सरकारका भौति पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, वत तथा वातावरणमन्त्री त्रिभुवन साह, खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोद जैसवाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह, उद्योग, वाणिजय तथा पर्यटनमन्त्री सकिल अलि मियाँलगायत प्रदेश सचिवहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
जनकपुरधामको राजदेवी मन्दिरमा विभिन्न कार्यक्रमको आयोजनासहित विजया दशमी

जनकपुरधामको राजदेवी मन्दिरमा विभिन्न कार्यक्रमको आयोजनासहित विजया दशमी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य