TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुर साहित्य महोत्सव: विचार, संस्कृति र सहजीकरणको साझा मञ्च


जनकपुर साहित्य महोत्सव: विचार, संस्कृति र सहजीकरणको साझा मञ्च
ADVERTISEMENT

जनकपुरधाम, माघ २२ गते । विचार र बहसको केन्द्रबिन्दु बनेर जनकपुरधाम पुनः एक पटक जनकपुर साहित्य महोत्सव २०८१ को स्वागत गर्न तयार भएको छ ।
“धरातल, संस्कृति र संस्कारको उत्सव” भन्ने मूल थिमका साथ तीन दिनसम्म चल्ने यस महोत्सवले साहित्यिक विमर्श मात्र होइन, सामाजिक, आर्थिक र राजनीतिक बहसका लागि समेत एउटा जीवित मञ्च तयार गरेको छ ।
महोत्सवको तयारी पूरा भइसकेको आयोजक संस्था नव मिथिला फाउन्डेसनले जानकारी दिएको छ । फाउन्डेशनका अध्यक्ष अमित साहका अनुसार यस वर्ष महोत्सवमा १४ वटा प्यानल छलफल र ३ वटा एकल प्रवचन समावेश छन्, जसले साहित्यको सीमाना मात्र नभई समाजका विविध आयामहरूलाई उजागर गर्नेछ ।


महोत्सवको उद्घाटन कार्यक्रममा ख्यातिप्राप्त लेखक सीके लालले विद्वत् प्रवचन गर्नुहुनेछ । यससँगै, नेपाल विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङ ले ‘उज्यालोको यात्रा’ मा आफ्नो अनुभव बाँड्नुहुनेछ भने भारतीय लेखक सुवोधचन्द्र भारतीय ले ‘सीता र रोटीबेटीको सम्बन्ध’ विषयमा विचार राख्नेछन् । खगेन्द्र संग्रौलाले ‘आन्दोलन र साहित्य’ मा आफ्नो विश्लेषण प्रस्तुत गर्नुहुनेछ ।
‘नेपालको परराष्ट्र नीति र सीमाञ्चल’ सत्रमा पत्रकार सुधीर शर्मा, लेखक तुलानारायण साह र इन्द्र अधिकारी को सहभागितामा गहिरो बहस हुनेछ, जुन पत्रकार अनिल गिरी ले सहजीकरण गर्नुहुनेछ ।
‘नेपाली उद्यमीको यात्रा’ मा उद्योगपति सौरभ ज्योति, सुलभ बुढाथोकी र असीममान सिंह ले आफ्ना अनुभव साझा गर्नुहुनेछ भने ‘आनन्दको खोजी’ सत्रमा पत्रकार घनश्याम खड्का र लेखक समा थापा बीच विचार विमर्श हुनेछ ।
यसैगरी महोत्सवको उद्घाटन समारोहमा जनकपुरका १० विद्यालयका ६० जना विद्यार्थीले सामूहिक रूपमा ‘इएह छी हमर जनकपुर’ गीतमा कोरस प्रस्तुति गर्नेछन्, जसले स्थानीय सांस्कृतिक पहिचानलाई उजागर गर्नेछ ।
यस वर्ष महोत्सवमा जनकपुरका चुनौती र अवसरहरू, डिजिटल युगमा पठन संस्कृति, क्रिकेटः समस्या, समाधान र सम्भावना, मधेश महिमाः उद्यमको व्यावसायीकरण, नीतिमा युवाको चासो लगायतका सत्रमा बहस हुने पाmउण्डेशनले जनाएको छ ।
फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपाल भन्नुहुन्छ्, “यो महोत्सव केवल साहित्यिक उत्सव होइन, जनकपुर र मधेशको सामाजिक, आर्थिक र सांस्कृतिक चेतनाको प्रतिबिम्ब हो । विचारहरूको आदान–प्रदान र नयाँ सोचको विकास यहीँबाट सुरु हुन्छ ।”

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
रामायण सर्किटः नेपाल–भारत धार्मिक पर्यटन सहकार्यको नयाँ आयाम

रामायण सर्किटः नेपाल–भारत धार्मिक पर्यटन सहकार्यको नयाँ आयाम

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य