जनकपुरधाम, फागुन २३ गते ।
जनकपुरधामका किराना तथा होटेल व्यवसायीलाई अनुगमनका क्रममा पाँचदेखि दश हजार रुपियाँसम्म जरिवाना गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको बजार अनुगमन टोलीले म्याद नाघेका खाद्य पदार्थ बिक्री गर्ने, मूल्य सूची नटाँस्ने तथा स्वच्छता मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीलाई कारवाहीमा सो रकम जरिवाना गरेको हो ।
अनुगमन टोलीले स्थानीय बजारका किराना पसल, होटल तथा रेस्टुरेन्टमा छड्के निरीक्षण गरेको थियो। अनुगमनका क्रममा म्याद नाघेका सामग्री बिक्री गरेको भेटिएपछि केही व्यवसायीलाई जरिवाना तिराइएको तथा केहीलाई चेतावनी दिइएको छ ।
उपभोक्ताको हित संरक्षण गर्ने उद्देश्यले जनकपुरधाम क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा होटल तथा किराना व्यवसायीलाई पाँच हजारदेखि दश हजार रुपैयाँसम्म जरिवाना गरिएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाको नेतृत्वमा गरिएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधि, जनकपुरधाम उद्योग वाणिजय संघ, प्रहरी प्रशासन तथा उपभोक्ता अधिकारकर्मीहरूको संलग्नताका दुई होटल र पाँच किराना पसललाई जरिवाना गरिएको हो ।
अनुगमनका क्रममा केही होटल तथा किराना पसलहरूमा म्याद गुज्रेका सामान, मूल्य सूची नराख्ने, सरसफाइमा लापरबाही जस्ता अनियमितता भेटिएपछि अनुगमन टोलीले जरिवानासहित चेतावनी समेत दिएको छ । सो क्रममा पाँच नास्ता, मिष्ठान र किराना व्यवसाय पसलसहित २० भन्दा बढी पसलमा अनुगमन गरिको थियो ।
टोलीले एक होटलमा खाना पकाउने तथा राख्ने वातावरण अस्वस्थकर रहेको तथा म्याद सकिएको सामान प्रयोग गरेको पाइएपछि पाँच हजार रुपैयाँ जरिवाना गरेको हो । त्यस्तै, दुई किराना पसलमा म्याद गुज्रेका खाद्य सामग्री बिक्री गरेको र खरिद बिल नदेखाउँदा सोही रकम बराबरको जरिवाना गरिएको थियो ।
अनुगमनको क्रममा म्याद नाघेका खाद्य वस्तु तथा जलेका खाना पकाउने तेल नष्ट गर्न लगाइएको थियो ।
बजार अनुगमनका क्रममा व्यवसायीहरूलाई नियम उल्लङ्घन नगर्न सचेत गराइएको छ भने आगामी दिनमा अझै कडा रूपमा अनुगमन गरिने अनुगमन टोलीले जनाएको छ । उपभोक्ता अधिकारकर्मीहरूले पनि अनुगमनलाई निरन्तरता दिन माग गरेका छन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगंजका प्रतिनिधि मधुरेशप्रसाद साहका अनुसार उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजार अनुगमनलाई अझै प्रभावकारी बनाइने छ। साथै, व्यवसायीलाई नियमअनुसार सञ्चालन गर्न बारम्बार सचेत गराउने तथा उल्लङ्घन गर्नेहरूलाई कारबाही गरिने बताउनुभयो । ।
यसअघि पनि जनकपुरधाममा अनुगमनका क्रममा विभिन्न व्यवसायीलाई कारबाही गरिएको थियो। उपभोक्ताहरूले समयमै अनुगमन गर्नुपर्ने माग गर्दै बजारमा विक्री भइरहेका सामानहरूको गुणस्तर जाँच्न आग्रह गरेका छन्।
अनुगमनका क्रममा वाणिजय आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगंज प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय धनुषाका अधिकृत सुनिलकुमार झा, घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रतिनिधि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा प्रहरी प्रशासनलगायतको सहभागिता रहेको थियो ।









तपाईको प्रतिक्रिया