TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

ई–रिक्सा र टेम्पो व्यवस्थापन माग गर्दै बस व्यवसायी


ई–रिक्सा र टेम्पो व्यवस्थापन माग गर्दै बस व्यवसायी
ADVERTISEMENT

जनकपुरधाम, साउन १८ गते । नगर क्षेत्रमा बढ्दो विद्युतीय रिक्सा (ई–रिक्सा) र अटो टेम्पो सञ्चालनलाई व्यवस्थित बनाउन बस व्यवसायीहरुले जनकपुरधाम उपमहानगरपालिकालाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पछिल्लो समय जनकपुरधाममा अत्यधिक संख्यामा बढिरहेका ई–रिक्सा र टेम्पोको अव्यवस्थित सञ्चालनप्रति आपत्ति जनाउँदै माँ जानकी जनकपुरधाम यातायात प्रालिको नेतृत्वमा बस व्यवसायीहरुले शुक्रबार उपमहानगरपालिका प्रमुख मनोजकुमार साह समक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा इजाजतप्राप्त ई–रिक्सा तथा टेम्पोलाई तोकिएको क्षेत्रभित्र मात्र सञ्चालन गर्न दिने व्यवस्था मिलाइनु पर्ने माग गरिएको छ । यस्तै, मुख्य राजमार्गमा यस्ता सवारीसाधनको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई पालिकाले स्पष्ट कार्यविधि बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।
रुट परमिट विना अन्तरपालिका तथा अन्तरजिल्ला सवारी आवतजावतमा रोक लगाइनु पर्ने, बस स्ट्यान्डभन्दा कम्तीमा ८०० मिटर टाढा मात्रै साना सवारी स्ट्यान्ड तोक्नुपर्ने, र रातो नम्बर प्लेट भएका सवारीले यात्रु ओसारपसार गर्न नपाउने व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने माग गरिएको छ ।
त्यसैगरी, विना लाइसेन्स सवारी चलाउने चालकहरूलाई निगरानीमा राखी आवश्यक कारबाही गरिनुपर्ने, इ–रिक्सा तथा टेम्पोको भाडादर सार्वजनिक स्थलमा स्पष्ट रूपमा टाँस्ने व्यवस्था गर्नुपर्ने, र नगर प्रवेश नाकाहरूमा उपमहानगरपालिका, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था कार्यालयको समन्वयमा चेकजाँच कडाइका साथ गर्नुपर्ने सुझाव पनि पत्रमा समावेश छ ।
यस्तै, कालोपत्रे सडकमा छाडा चौपायाका कारण हुने दुर्घटना न्यूनीकरणका लागि ती चौपायाको नियन्त्रण गरिनुपर्ने र यस्ता घटनामा बस व्यवसायीले क्षतिपूर्ति व्यहोर्नु नपर्ने व्यवस्था मिलाइनुपर्ने माग गरिएको छ भने नगर क्षेत्रभित्र इन्धनबाट चल्ने टेम्पोको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइनुपर्ने मागसमेत पत्रमा उल्लेख गरिएको छ ।
यता, यातायात प्रालिका अध्यक्ष मनोजकुमार चौधरीले ई–रिक्सा तथा अटो टेम्पोहरूले तोकिएको मापदण्ड र क्षेत्रको उल्लंघन गर्दै मुख्य राजमार्ग र अन्तरजिल्ला रुटमा समेत यात्रु ओसारपसार गरिरहेको कारणले सर्वसाधारण यात्रु, पर्यटक तथा बस व्यवसायीहरू दिनहुँ सास्ती भोग्न बाध्य भएको बताउनुभयो । उहाँले संघीय कानुनअनुसार ई–रिक्सा तथा अटो टेम्पोलाई राजमार्गमा यात्रु ओसारपसार गर्न नपाइने व्यवस्था भए पनि स्थानीय तहमा यसको अवज्ञा हुँदै आएको भन्दै व्यवसायीहरूले चासो व्यक्त गरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष चौधरीले भन्नुभयो,‘सबैले आफ्नो व्यवसाय निश्चित दायरा र कानुनी मापदण्डभित्र रही सञ्चालन गर्न पाउने अधिकार राख्छन् । तर, कानूनको उल्लंघन गर्दै सञ्चालन हुने सवारीले अरूलाई दुःख, क्षति र अन्याय मात्र दिन्छ ।’
व्यवसायीहरूको भनाइमा ई–रिक्साको नियन्त्रणविहीन विस्तारका कारण बस व्यवसायीहरूका नियमित यात्रु गुम्दै गएका छन् भने रोजगारीसमेत संकटमा परेको छ । अव्यवस्थित सवारी व्यवस्थापनले पर्यटकको अनुभवसमेत प्रभावित बनाएको गुनासो समेत छ ।


तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
धार्मिक सम्पदा जगेर्नासँगै रोजगारी र पर्यटन सम्भावनास् नेमुवा र मलीवाडामा स्थानीय उत्साह

धार्मिक सम्पदा जगेर्नासँगै रोजगारी र पर्यटन सम्भावनास् नेमुवा र मलीवाडामा स्थानीय उत्साह

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य