जनकपुरधाम, साउन २७ गते ।
जनकपुरधाममा नेपाल बार एशोसिएसनका पदाधिकारीसहितले पत्रकारमाथि आक्रमण गर्दा पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो क्रान्तिको खुट्टा भाचिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महासंघ प्रदेशको भवन निर्माण स्थल घरबार गर्ने क्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको कार्यालय भवन निर्माणस्थलमा आक्रमण हुँदा महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको छ भने पत्रकार दिवाकरको टाउकोमा चोट लागेको हो ।
महासंघका अनुसार श्रीराम मन्दिर गुठीको जग्गा २० वर्षका लागि लिजमा लिइएको हो । तर, नेपाल बार एशोसिएसन धनुषाले आफ्नो हक दाबी गर्दै साउन २७ गते जग्गा कब्जा गर्न प्रयास गरेको आरोप लगाइएको छ ।
प्रदेश समितिले जग्गा तारले घेराबार गर्ने क्रममा बारका जिल्ला अध्यक्ष विमल मिश्रको नेतृत्वमा आएको समूहले महासंघ प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव क्रान्ति, पत्रकार साह र विनिता यादवमाथि हातपात गरेको महासंघको दाबी छ ।
“अदालत हाम्रो गोजीमा छ, हामी जे भन्छौँ त्यही हुन्छ” भन्दै पत्रकारमाथि भएको आक्रमणलाई महासंघले प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपको रूपमा लिएको छ । महासंघले आक्रमणमा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाही गर्न, घाइतेको उपचार सुनिश्चित गर्न र यस्ता घटना दोहोरिन नदिने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।









तपाईको प्रतिक्रिया