TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रहरी कार्यालयमा राहत लिन जाँदा प्रहरीद्वारा लाठ्ठिचार्ज


प्रहरी कार्यालयमा राहत लिन जाँदा प्रहरीद्वारा लाठ्ठिचार्ज
ADVERTISEMENT

लामो समयदेखि पर्सामा जारी निषेधाज्ञाले प्रभावित स्थानियले राहत लिन जाँदा प्रहरीले राहत त बाँडेन तर उल्टै लाठिचार्ज गर्दै धपाएको स्थानियले आरोप लगाएका छन् । निषेधाज्ञाबाट प्रभावित पर्साको वीरगन्ज महानगरपालिकाका सयौं गरिब जनता राहत लिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।


राहत प्रदान गर्ने भन्दै महानगरका सम्पुर्ण वडा कार्यालयहरुलाई प्रहरीले गरिब, विपन्न तथा निषेधाज्ञाका कारण प्रभावित भएकाहरुकालाई जिल्ला प्रहरी कार्यालयमा पठाउन निर्देशन दिएको थियो । सोही अनुरुप बुधबार साँझ राहत लिन पुगेका सर्वसाधारणहरु मध्ये केहीले राहत बाँडेका थिए । बाँकीलाई राहत लिन बिहीबार बोलाईएको थियो ।

प्रहरीले राहत बाँडेको खबर सुनेर सयौंको संख्यामा महिलासहित स्थानिय जिल्ला प्रहरी कार्यालयमा पुगे । राहतको लागि ५० रुपैयाँको फर्म समेत भर्न लगाईयो तर राहत पाएन उल्टै प्रहरीले लाठी चार्ज गर्दै धपाएको स्थानियको आरोप छ ।

राहत लिन ५० रुपैयाँ शुल्क असुल्दै फर्म भर्न लगाईयो, प्रहरी उपरिक्षक गंगा पन्तले राहत लिन लाईनमा बस्न निर्देशन समेत दिईन तर पछि आफनो प्रहरी पठाएर लाठिचार्ज गर्न लगाईन, राहत लिन पुगेका वीरगन्ज स्थानिय एक युवकले भने, राहत त पाएनौ तर लठीले कुटाई खायो ।

पर्सा जिल्लामा साउन यता कोरोना संक्रमितको संख्या हवातै बढ्न थालेपछि स्थानिय प्रशासनले साउन ९ गतेदेखि वीरगन्ज महानगरपालिका र साउन १९ गतेदेखि पर्सा जिल्ला भरीनै अर्को सूचना प्रकाशित नहुनजेल निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा जारी भएको आज ४० औं दिन पुगि सक्यो । यहाँका अतिआवश्यक लगायत सम्पूर्ण खाद्यन्न तथा अन्य व्यवसाय पूर्ण रुपमा बन्द छ । लगातार बन्दीका कारण गरिब तथा निमुखा जनता सबभन्दा बढी प्रभावित छन । सडक पेटीमा दिन विताउँन बाध्य रिक्सा तथा ठेला चालकलाई त एक छाकटार्न धौं धौं समेत परेको छ ।

लामो समय देखि निषेधाज्ञा जारी हुँदा पनि तीन तहको सरकार वा स्थानिय प्रहरी प्रशासनले राहतको व्यवस्था मिलाएको छैन । दैनिक एक छाकटार्न समस्या हुन थालेपछि बिहिबार स्थानिय संयौं संख्यामा रहेको महिलाहरुको समूहले राहत लिन प्रहरी प्रशासन कहाँ पुगेका थिए ।

स्थानिय प्रशासनले न त घरबाट बाहिर निस्कन दिएको छ, न त खानको लागि राहत नै दिएको छ । घरमा कति दिन भोकै बसु, स्थानिय वीरगन्ज ११ रानीघाटकी एक महिलाले भनिन् बैंकबाट कर्जा लिएर घर परिवार चलाउँदै आएका थियो, लामो समयको लकडाउनले गर्दा बैंक व्याज तिर्न सकिएको छैन्, नत सरकारले बैक व्याज नै माफ गरेको छ ।

उनले भनिन्, चार चार वटा बालबच्चा छन, घर परिवार चलाउँन सकिएको छैन, घरको अभिभावकलाई काम गर्न घरबाट निस्कन दिएको छैन, आफू पनि अरुको घरमा काम गर्न जाँदा यो संक्रमणले कसैले पनि घरमा काम दिई रहेको छैन, बालबच्चालाई कहाँबाट खाना ल्याएर दिउँ भन्दै आफनो पीडा सुनाईन ।

स्थानियहरुले महामारीको वेलामा भिडभाड गर्ने तथा भौतिक दुरी समेत कायम नगरे पछि प्रहरी व्यवस्थापन मात्र गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी मनोजीत कुँवरले बताए । राहत लिन आएकाहरु प्रहरीको मुलगेटमा होहल्ला गर्न थाले पछि प्रहरीले भिडलाई नियन्त्रण गर्न समान्य बल प्रयोग गरेको उनको दावी छ ।

प्रहरीले राहत लिनलाई बोलाएर कुटपिट गरेको भन्दै करिब हजार ५ सयको संख्यामा रहेका स्थानिय जिल्ला प्रशासन कार्यालयमा समेत गुनासो गर्न पुगेका थिए । प्रमुख जिल्ला अधिकारी आफनो कार्यालयबाट बाहिर ननिस्केपछि केहि बेर मुख्यगेटमा धर्ना समेत दिएका थिए । लामो समय सम्म बन्दाबन्दीको मार झेलेका स्थानियहरु राहत पाउने आशामा जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका थिए । तर प्रहरीले राहतको ठाउँमा लाठी बर्षाएपछि स्थानिय निरास भएर फर्केका छन । यो घटनाले पर्सा प्रहरीको चौतर्फी रुपमा आलोचना समेत हुन थालेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
वीरगन्जमा एक हप्ता निषेधाज्ञा थप

वीरगन्जमा एक हप्ता निषेधाज्ञा थप

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य