भारतको निर्वाचन आयोगले बिहारको विधानसभा निर्वाचन ३ चरणमा गर्ने घोषणा गरेको छ ।
आयोगले गरेको घोषणा अनुसार अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ मा निर्वाचन हुनेछ । मतगणना भने नोभेम्बर १० मा हुनेछ । घोषणा अनुसार पहिलो चरणमा अक्टोबर २८ मा १६ जिल्लामा ७१ सिटको लागि निर्वाचन हुने छ । नोभेम्बर ३ मा १७ जिल्लाको ९४ सिटको लागि निर्वाचन हुनेछ भने अन्तिम चरणमा १५ जिल्लाको ७८ सिटको लागि निर्वाचन हुनेछ ।
निर्वाचन आयोगले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणका लागि आवश्यक सतर्कताको उपाय अपनाइने बताएको छ । त्यसका लागि मतदानको समय पनि एक घण्टा बढाइएको छ । कोरोना संक्रमित मानिसहरुले भने अन्तिमको एक घण्टामा मतदान गर्न पाउने छन् ।
भारतमा कोरोनाको महामारी आएपछिको यो पहिलो निर्वाचन हुनेछ । बिहारमा जम्मा २४३ सिट छ भने सरकार बनाउन १२२ सिट आवश्यक पर्छ ।
तपाईको प्रतिक्रिया