TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

बालविवाह नियन्त्रणमा स्थानीय तहको समन्वय र सहकार्य अपरिहार्य रहेको


बालविवाह नियन्त्रणमा स्थानीय तहको समन्वय र सहकार्य अपरिहार्य रहेको
ADVERTISEMENT

बालविवाह नियन्त्रणमा स्थानीय तहको समन्वय र सहकार्य अपरिहार्य रहेको सरोकारबालाहरुले बताएका छन् ।
गल्र्स फस्ट फण्डको सहयोगमा लाइफ नेपालले बुधबार जनकपुरमा आयोजना गरेको बालविवाह निषेधिकरण कार्यक्रम अन्तर्गत बाल सुरक्षा तथा संरक्षण गोष्ठीमा सहभागी सरोकारबालाहरुले स्थानीय तहको समन्वय र सहकार्य बिना बालविवाह नियन्त्रण सम्भव नरहेको बताए ।
प्रदेश समाजिक विकास मन्त्रालयकी देव कुमारी खत्रीले तीन तहको सरकार गठन भइसकेको अवस्थामा बालविवाह नरोकिनु दुखद रहेको बताइन् । यसको लागि प्रदेश र संघीय सरकारले स्थानीय तहसित समन्वय र सहकार्य गरेर अघि बढनुपर्नेमा उनले जोड दिइन् ।


लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको गोष्ठीमा उनले दाइजो प्रथा र महिला हिंसाको कारण बालविवाह बढ्दै गएको तर्क गरिन् । बढी दाइजो दिनुपर्ने भय र हिंसामा पर्ने जोखिमले पनि बालविवाह भइरहेको दावी उनले गरिन् ।
प्रदेश २ मा १९ वर्ष मुनिकी २७ प्रतिशत महिला गर्भवती हुने गरेको एक तथ्यांकले देखाएको खत्रीले बताइन् ।
कम उमेरमा विवाह गरेको महिलालाई स्वास्थ्य सम्बन्धी समस्या र स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेकोले यसको विरुद्धमा सबैको सहयोग अपरिहार्य रहेको उनले थपिन् ।
राष्ट्रिय मानव अधिकार आयोगकी मनमाया राणामगरले समाजमा यस्ता समस्या देखिएमा स्थानीय तहको न्यायिक समिति, महिला अधिकार आयोग र प्रहरीमा खबर गर्नको लागि अपील गरिन् । अशिक्षाका कारण बढ्दो महिला हिंसा न्युनिकरण गर्न सबैले आ आप्mनो स्थानबाट सहयोग गर्नुपर्ने तर्क उनले गरिन् ।

सो अवसरमा धनुषाको सबैला नगरपालिकाकी उपमेयर निलु कापरले बालविवाह विरुद्धको अभियानलाई अगाडी बढाउन आपूmहरु प्रतिबद्ध रहेको बताइन् । समाजिक विकृतिको कारण बालविवाह न्युनिकरणमा समस्या भएको उनले थपिन् ।
जनकनन्दनी गाउँपालिकाकी उपाध्यक्ष भारती कार्कीले बालविवाह विरुद्धको अभियानमा सबै पक्षको सहयोग आश्वयक रहेको बताइन् ।
बालविवाह विरुद्धको अभियान कुनै एक पक्षले संचालन गर्दैमा नियन्त्रण नहुने उनले थपिन् । समाजिक बनौटले पनि यस्तो कुरीति नियन्त्रण गर्न नसकिएको धारणा उनले राखिन् ।
बटेश्वर गाउँपालिकाकी उपाध्यक्ष प्रमिला महतोले पनि सबै पक्षको सहयोगमा मात्रै बालविवाह नियन्त्रण गर्न सकिने तर्क गरिन् ।

तपाईको प्रतिक्रिया

Related Posts

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर
अर्थ

औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर

September 7, 2025
मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड
Headline

मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड

September 7, 2025
नेपाली कांग्रेस मधेश प्रदेश पदाधिकारी बैठक जनकपुरधाममा सम्पन्न
Headline

नेपाली कांग्रेस मधेश प्रदेश पदाधिकारी बैठक जनकपुरधाममा सम्पन्न

August 4, 2025
गुठी संस्थान र पत्रकार महासंघबीच ऐतिहासिक लिज सम्झौता, जनकपुरधाममा आधुनिक संरचना निर्माणको बाटो खुल्यो
Headline

गुठी संस्थान र पत्रकार महासंघबीच ऐतिहासिक लिज सम्झौता, जनकपुरधाममा आधुनिक संरचना निर्माणको बाटो खुल्यो

August 4, 2025
Next Post
प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जग्गा अधिग्रहण गर्ने घोषणा

प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जग्गा अधिग्रहण गर्ने घोषणा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य