चन्द्रनगरमा दुई दिने क्षमता अभिवृद्धि सम्पन्न
राकेश गुप्ता
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। अस्ट्रेलियन एड, ह्यान्डीकेप इनटरनेशल, आर आर पिके, वल्र्ड एजुकेशन,वल्र्ड भिजन तथा चन्द्रनगर गाउँपालिका र ब्रह्मपुरी गाउँपालिकाको साझेदारीमा समावेशी शिक्षा सुदृढीकरण(सिकाइ )परियोजना अनतरगत क्षमता अभिवृद्धि तालिम बिहिवार र शुक्रवार सूरु गरी सम्पन्न गरिएको हो । समावेशी शिक्षा,बाल संरक्षण तथा लैङ्गिक समानत सम्बन्धि सुरु गरिएको तालिममा बाल विवाह, शिक्षामा सम्मान पहुँच, बालबालिकाको संरक्षण तथा बालबालिका सम्बन्धि एन नियमकानुन,बालअधिकार को बारेमा तालिममा अभिमुखिकरण गरिएको राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र साहले जानकारी दिनुभयो । तालिम समापन कार्यक्रममा चन्द्रनगर गाउँपालिका उपप्रमुख बिणा देवी साह , ब्रह्मपुरी गाउँपालिका उपप्रमुख गिता देवी साह, चन्द्रनगर गाउँपालिका शिक्षा शाखा प्रमुख हरिकान्त लाल कर्ण, शिक्षा अधिकृत कमला बस्नेत, ब्रह्मपुरी गाउँपालिका शिक्षा शाखा प्रमुख जयप्रकाश प्रसाद लगायत जनप्रतिनिधि,कर्मचारी तथा स्थानीय महिला र अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
