राकेश गुप्ता
सर्लाही,५ पुष । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री अजय चौरसियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेपालमा रहेका किसानहरुलाई रिनमा डुबाएको बताए । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ मा कोरोना तथा जाडो बाट प्रभावित दलित परिवारलाई राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदैँ कार्यक्रमका प्रमुख अतिथि समेत रहेको केन्द्रिय सदस्य चौरसियाले संसद विघटनले सरकारको सम्बन्ध जन्ता तथा किसान सँग टुटेको हुदाँ विभिन्न बैंक बाट किसानहरुले रिण लिएकोले रिण लिएका सबै किसानलाई नेकपा सरकारले डुबाएको बताए । दुई तिहाइको सरकारले गरिबहरुको हक हितको बारेमा नसोचेको, कोरोनाबाट पिडित मानिहरुलाई व्यवस्थित नगरेको, लोकतन्त्रको मान्यताहरुलाई कमजोर गरेको ,किसानहरुको हकहितको बारेमा नसोचेकोले किसान लगायत नेपालका हरेक नागरिकको मर्म विपरीत काम गरेको नेपाली काग्रेसका केन्द्रिय सदस्य चौरसियाले बताए ।

अर्को प्रसंगमा बोल्नु हुदैँ केन्द्रिय सदस्य चौरसियाले नेकपा सरकारको ध्यान जन्ता किसानमा नगई भ्रष्टाचार के कसरी हुन्छ भन्ने तर्फ मात्र गएको र नेकपाको आन्तरीक कलहमा मात्र गएको बताए । वरिष्ट पत्रकार चन्द्रकिशोर झाको पहलमा अष्ट्रेलियामा रहेको नेपालीहरु रकम बचत गरेर तराईका दलितहरुलाई राहत दिनको लागि नेपाल अष्ट्रेलिया प्रजातन्त्रिक मंच द्धारा चमार, दुषाढ, मुसहर लगायतका जाती गरी आज १ सय २५ दलित परिवारलाई राहत स्वरुप २० किलो चामल, दाल २ किलो, खाने तेल आधा लिटर, नुन १ किलो, नुहाने साबुन १ पिस लगायतको राहत सामग्री वितरण गरिएको थियो । नेपाली काँगे्रसको तर्फबाट चन्द्रनगर गाउँपालिका उपाध्यक्षकी प्रत्यासी एवं वडा सभापति शान्तिदेवी साहको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री अजय चौरसियाको प्रमुख आतिथ्यतामा आयोजित राहत वितरण कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, कांगे्रसका महाधिवेशन प्रतिनिधि अशोक कुमार गुप्ता, महाधिवेशन प्रतिनिधि सोनेलाल साह, प्रदेश सभा सदस्यका प्रत्यासी सेख सहदुल्ला, प्रदेशका क्षेत्रीय सभापति अनिल कर्ण, वडा नं. २ का वडा सभापति मक्सुद आलम लगायतको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया