TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

द्वैध चरित्र बोकेका पात्रहरुले हाम्रो देशको राजनीतिलाई धमिलो बनाउँदै लगे : गायक खनाल


द्वैध चरित्र बोकेका पात्रहरुले हाम्रो देशको राजनीतिलाई धमिलो बनाउँदै लगे : गायक खनाल
ADVERTISEMENT

मोतिराज खनाल


१. नेपालको राजनीतिक वृत्तमा हामीले सोचेभन्दा धेरै भिन्न एवं नकारात्मक परिदृश्यहरु देखिन थालेका छन् । धेरै मुलुकमा राजनीतिले राजनेता जन्माएको छ । राजनेता भएको देशमा विकास र समृद्धि भित्रिएको पाइन्छ । त्यसैका कारण उनीहरु राजनेतामा दरिएका हुन् । जननेताको उपमा पाए तिनै महापुरुष माओ र लेलिनबाट प्रेरित भई नेपाल बनाउने शपथ खाएका हाम्रा नेताहरु स्खलित हुँदै गएका छन् । तिनीहरुले खाए खुवाएको शपथ झूटो सावित हुँदै गएको छ । हामीले मान्दै आएका नेताहरु आज आफैँ कुहिरो भित्रको काग जस्तै भएको प्रस्ट देखिन्छ । धेरै नेताको बोलाइ र गराइमा फिटिक्कै तालमेल मिलेको देखिँदैन । एकथोक बोल्ने र अर्को थोक गर्ने द्वैध चरित्रले गर्दा आजका युवा पिँढीमा राजनीतिप्रति वितृष्णा हुँदै गएको देखिन्छ । पटक पटक नागरिकलाई ढाँट्ने, बोलेका कुरा कहिल्यै पुरा नगर्ने जातभातको कुरा उठाउने नागरिक लडाउने हाम्रा मिलेर बसेका समुदाय बिच भिडन्त गराउने । भूगोलभूगोलबिच द्वन्द्व सिर्जना गर्ने तराई र पहाडमा बसेका नागरिकबिच फाटो ल्याउने भिडाउने जस्तो कपटपूर्ण राजनीतिबाट आएका माओवादी नेता प्रचण्ड, माओवादी छोडेका बाबुराम भट्टराई, माओवादी छोडेर समाजवादी फोरम बनाएका उपेन्द्र यादवहरु जस्ता नेताले लोकतन्त्र प्रजातन्त्र भन्दै एकातिर दिग्भ्रमित पार्ने र अर्कोतिर लोकतन्त्रलाई आत्मसात् गर्न नसक्ने द्वैध चरित्र बोकेका यस्तै पात्रहरुले हाम्रो देशको राजनीतिलाई धमिलो बनाउँदै लगेका छन् ।
विभिन्न सपना देखाएर देशलाई कहिले अमेरिका, कहिले सिंगापुर त कहिले स्विटजरल्यान्ड बनाउँछौँ भन्दै सिधासादा नागरिकलाई झुक्याउँदै तर मार्न पल्केका ढाडेहरुलाई नागरिकले चिन्न र बुझ्न धेरै समय लाग्यो । यिनीहरुको लहलहैमा लागेका हजारौंहजार युवाहरुको सपना चकनाचुर भयो । कयौं बेपत्ता भए, कयौंको अंगभंग भयो, कति हताहत भए । धेरै चेलीहरुको सिन्दुर पुछियो, विधवा भए, बालबालिका अभिभावक विहीन भए, त्यसैगरी धेरैका मातापिता आफ्ना कल्कलाउँद छोराछोरी गुमाउनु पर्दा भाव विह्वल भए । यति हुँदा पनि यिनीहरुलाई पश्चाताप छैन । पटक – पटक सत्तामा गएर सिन्को नभाँच्ने सधैं अस्थिरताको खेती मात्र गर्ने यिनीको दैनिकी भयो ।
अहिले एक्काइसौं शताब्दी नागरिकले यिनीहरुको चर्तिकला नबुझ्ने कुरै भएन । चुनावमा सजाय पनि दिएकै हुन् तर नेपालको राजनीति यति विकृत भयो कि कहिले बत्ती निभाउने त कहिले मत पत्र च्यात्ने, आफूले सजिलै नजित्ने भएपछि अनेक हतकन्डा अपनाउने अनेकौं दलसँग मिलेर हुन्छ कि बुथ कब्जा गरेर हुन्छ कि जसरी भए पनि चुनाव जित्ने र अल्पमतले बहुमतलाई काम गर्न नदिने आफू मात्र राम्रो हुँ भन्ने मै जान्ने मै सुन्ने अरु सबै नालायक सम्झिने राम्रो काम गरे पनि विरोध गर्न नछोड्ने घिनलाग्दो हर्कत देखाउँदै आएका छन् । प्रजातन्त्र, बहुदल, लोकतन्त्र गणतन्त्र जे भने पनि जनताका दुःख ज्युँकात्युँ छन् । नेकपा एमाले र नेकपा माओवादी एकताले नेपाली जनतामा केही आशा पलाएको थियो । त्यो खुसी धेरै समयसम्म टिक्न सकेन । एमाले र माओवादी एकता पछि नेपाली जनताले स्थायित्वका लागि भनेर लगभग दुई तिहाइ भोट दिएर जिताएका थिए । हाम्रा नेता देश र जनताका लागि भन्दा पनि आफ्नो स्वार्थका लागि मात्र लालायित भए । पाएका अवसर भागबन्डा लगाउँदै आफ्ना नालनाता छोरीज्वाइँ भान्जाभन्जी छोरा बुहारी काका काकी र आफ्नो वरिपरिका चाकडी र चाप्लुसी गर्नेहरुलाई मात्र पोस्न थाले । केपी ओली देशको प्रधानमन्त्री भएपछि देशले पहिलेको तुलनामा केही हदसम्म राम्रा काम गर्न सफल पनि भयो । वर्षौंदेखि भारतको कब्जा गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर नक्सा जारी ग¥यो । त्यो ऐतिहासिक काम थियो । त्यसैगरी पृथकतावादी आन्दोलन सीके राउतलाई मूलधारको राजनीतिमा ल्याउनेकाम ओलीको अर्को महत्त्वपूर्ण कदम थियो । त्यसैगरी बाटोघाटो चौडा बनाउने कालोपत्रे गर्ने काम पनि पहहिलेको तुलनामा बढी नै भएको देख्न सकिन्छ । तुइन विस्थापन गर्ने काम पनि ओलीकै अग्रसरतामा भएको हो । रानीपोखरी, सिंहदरबार, धरहराजस्ता पुरातात्विक सम्पदा ओलीकै पालामा बनेका छन् ।

२. बन्दुकको नालबाट मात्र सत्ता कब्जा गर्न सकिन्छ भन्ने विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीलाई वार्तामार्फत मूल धारमा ल्याउनु प्रधानमन्त्री ओलीको अर्को सफलता हो । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पनि अब छिट्टै तयार हुँदै छ । छोटो समयमा महत्त्वपूर्ण काम भएको छ भने कति पय हुँदै छन् । वर्षौंदेखिको नेपालीको सपना मेलम्चीको खानेपानीको काम सम्पन्न भएर काठमाडौंवासीका घरघरमा खानेपानी झर्न थालेको छ । ट्यांकरबाट पानी मगाउने काठमाडौंवासी मेलम्चीको खानेपानी धारामा आउन थालेपछि गद्गद् भएका छन् । प्रधानमन्त्री ओलीको लोकप्रियता बढ्दै गएपछि धेरै नेताको निद हराम भएको हो भनेर जनतालाई प्रस्ट थाहा छ । हो, ओलीले जति गर्नुपर्ने हो त्यति गरेनन् त्यो जनताले पनि महसुस गरेका छन् । जनताको चाहना भ्रष्टचारीलाई कारबाही गरुन् । गरिब किसानलाई राहत मिल्ने गरी योजना बनाउन, मूल्य वृद्धि रोकथाम गरुन्, निजी अस्पताल र निजी स्कुल कलेजको उचित समाधान खोजुन् सरकारी अस्पताल र सरकारी स्कुल कलेजको स्तरोन्नतिमा पनि ध्यान दिउन् भन्ने चाहना थियो र अहिले पनि छ । जनताको चाहना ओली लाई सरकारबाट हटाएर अर्को प्रधानमन्त्री हुनुपर्छ भन्ने हुँदै होइन ।
विडम्बना भन्नुपर्छ नेपाली राजनीतिमा सहयोगी भावनाभन्दा खुट्टा तान्ने प्रवृत्ति छ । अहिले प्रधानमन्त्री त्यसकै सिकार भएका छन् । अझ लाजमर्दो कुरा त के भने विपक्षी पार्टीबाट होइन, आफ्नै भन्नेबाट । जसले जे भने पनि अहिलेको परिस्थितिमा ओलीको विकल्प ओली नै हो । उनको जति भिजन अरु नेतामा देखिँदैन । देश बनाउन अझै १० वर्ष ओलीले सरकार चलाउनुपर्छ भन्ने आम जनताको बुझाइ छ । समकालीन नेतामा ओलीले मात्र देश बनाउने सपना देखेका छन् । त्यसैले त कहिले रेलको कुरा गर्छन् कहिले पानी जहाजको । पहिले सपना देख्नेले मात्र सपनालाई साकार पार्र्न पर्यत्न गर्छ । भलै उनले सपना साकार पार्न सकेनन् पछि कसैले त्यो सपना पुरा गर्छ । राजा महेन्द्र र नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको मेलम्चीको पानी काठमाडौंमा ल्याउने सपना पनि केपी ओलीका पालामा साकार भएको छ । हाम्रा नेता राम्रो काम गर्नेलाई गर्न नदिने र आफूले पनि नगर्ने सरकार ढालेर देशलाई सधैं अस्थिरतामा लैजाने षडयन्त्र गर्न लाग्छन् । अहिलेको षडयन्त्र पनि त्यही हो । हुँदाहुँदाको दुईतिहाइको सरका ढाल्नलाई अनेक षड्यन्त्र रचियो । पार्टी धुजाजुजा पार्न खोजियो । सरकारलाई सहयोग गर्नुको सट्टा कुनै हालतमा पनि काम गर्न नदिने । नचाहिँदो अफवाह फैलाउने, आफ्नै पार्टीका अध्यक्षलाई मन गढन्ते आरोप लगाउने दस्ताबेजीकरण गर्ने, अपमान गर्ने हदैसम्म गिर्ने काम पार्टी नेताले गरेका छन् । प्रधानमन्त्रीबाट पनि केही कमजोरी भए होलान् तर अध्यक्ष बन्न महाधिवेशनसम्म पर्खन र प्रधानमन्त्री बन्न चुनावसम्म कुर्न नसकेर सार्वजनिक रूपमै आन्दोलन गरेका थिए । त्यो बेला पनि भनेका थिए९ यो कार्यकाल मलाई राम्रोसँग काम गर्न दिनुस्, अर्को पाली म अध्यक्षमा उठ्दिनँ भन्दा पनि आजका आजै हाताहाती नगदानगदी चाहिन्छ नत्र पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट निकाल्छौँ भन्दै पार्टीका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल कुर्लिन थाले । सुनिन्छ पुष्पकमल, माधव र झलनाथले राष्ट्रपति, प्रधानमन्त्री र एउटा पार्टी अध्यक्ष बन्ने सहमति गरेर ओलीलाई जसरी भए पनि हटाउने योजना बनाए त्यसैको छनक पाएर ओलीले राष्ट्रपति समक्ष संसद विघटन गर्न सिफारिस गरे । संसद विघटन भएपछि उनीहरूको सपना चकनाचुर भयो । त्यसपछि एउटा पार्टी प्यालेसमा गएर अध्यक्ष ओलीलाई कारबाही गरेको घोषणा गरे नेपालका केही ठुला हुम भन्ने मिडयाले खुब चासो पूर्वक ती समाचारलाई प्रथम पृष्ठमा ठुलाठुला अक्षरमा ओली कारबाहीमा परे भन्दै लेख्न थाले । राम्रो काम गरेको कहिल्यै नलेख्ने लेखे पनि साना अक्षरमा भित्री पानामा लेख्ने मिसन पत्रकारले प्रधानमन्त्रीको मात्रै दोष देखाए र भ्रम छर्ने काम गरे अझै गर्दै छन् । नेताहरू गाली गलौजमा उत्रिन थाले, पहिले माधव नेपाल मलाई खुवै पन पर्थे, जब उनी अझै विभिन्न मिडियामा गएर जथाभावी बोल्न थाले त्यसपछि मेरो मनमा माधव नेपालप्रतिको भावना बदलियो माधव नेपाल त्यो हदसम्म गिर्छन् जस्तो लाग्दैनथ्यो तर माधव नेपालले ओलीविरुद्ध जुन विष वमन गर्न थाले त्यसपछि उनको असली रूप जनताले जान्ने र बुझ्ने मौका मिल्यो ।माधव नेपाल आफैँ १५ वर्ष एमालेको महासचिव पदमा बसेका मान्छे हुन् उनलाई सधैँ कुर्सीमात्र प्यारो हुने रहेछ । कहिले सानो र ठुलो कुर्सी राखे मलाई सानो कुर्सीमा बसाले भनेका छन् कहिले सम्मान पाइनँ भनेका छन् सधैँ साना कुरामा किचकिच तेत्रो वर्ष अध्यक्ष चलाएको एक पटक प्रधानमन्त्री भएको मान्छे देश र जनताका बारेमा सोच्नु कता हो कता खाली कुर्सीमोह मात्र देखियो सधैँ आफू मात्र बन्नुपर्ने रे अरूको वास्ता छैन जति भए पनि नपुग्ने १५ वर्ष पार्टीको नेतृत्व गरेपछि मैले जे जति गरेँ सकेको गरेँ अब तपाईंहरूको पालो हो तपाइहरू गर्नुस् भनेर पुस्ता हस्तान्तरण गरेको भए कति राम्रो हुन्थ्यो सम्मानपूर्वक सल्लाहकारमा बसेर सरकारलाई रचनात्मक सुझाव दिनुको सट्टा सधैँ पदको भोको रहने प्रवृत्ति भएका नेता भएको पुष्टि भयो माधव नेपाल । माधव नेपाललाई मात्र सधैँ कुर्सी राखेर अरू नेतालाई पालो नचाहिने रु माधव नेपालले पार्टीमा गरेको काम योगदान हुने अरूले गरेको के हुने रु त्यसैले पार्टीमा एउटा पद्धति बसाल्नु आवश्यक छ । कुनै पनि नेता दुई कार्यकालभन्दा बढी पार्टी प्रमुख नहुने व्यवस्था एमाले मात्र होइन सबै पार्टीमा हुनु आवश्यक देखिन्छ । कामरेड पुष्पकलम दाहालबारे टिप्पणीको कुनै अर्थ देखिन्न । उनी ३५ वर्षदेखि लगातार पार्टी अध्यक्ष छन् । उनैले लोकतन्त्र र गणतन्त्रबारे फलाक्छन् । उनको लोकतन्त्रको परिभाषा झन् बुझिनसक्नुको छ । मोहन वैद्य र डा। बाबुराम भट्टराईले छोडे अहिले मातृकाले साथ दिँदै छन् । कमरेड पुष्पकमल दाहाललाई अझै ३५ वर्ष पार्टी अध्यक्ष हुन शुभकामना । लेखकः खनाल चर्चित लोक गायक हुन ।

तपाईको प्रतिक्रिया

Related Posts

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड
प्रदेश २

संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड

September 19, 2025
बहुविवाह कानुनी मान्यता मस्यौदाविरुद्ध महिला मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण, सभामुख मण्डललाई ज्ञापनपत्र
Headline

बहुविवाह कानुनी मान्यता मस्यौदाविरुद्ध महिला मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण, सभामुख मण्डललाई ज्ञापनपत्र

August 4, 2025
समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव
Headline

समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव

April 22, 2025
रामायण सर्किटः नेपाल–भारत धार्मिक पर्यटन सहकार्यको नयाँ आयाम
Headline

रामायण सर्किटः नेपाल–भारत धार्मिक पर्यटन सहकार्यको नयाँ आयाम

February 4, 2025
Next Post
कक्षा १२ को परीक्षा पूरानै मोडलमा

एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य