TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

निषेधको सिकार अझ कति बन्ने सुदूपश्चिमेलीहरुले ?


निषेधको सिकार अझ कति बन्ने सुदूपश्चिमेलीहरुले ?
ADVERTISEMENT

टेकराज पनेरु
काठमाडौँ, १ भदौ । विभिन्न कालखण्डमा सुदूरपश्चिमेहरु आफ्नो पुरुषार्थले राजनैतिक आकाशमा उदाए। सुदूरपश्चिमले प्रकाण्ड राजनैतिक हस्ती जन्मायो तत्कालीन परिवेशमा उनीहरु सुदूरपश्चिमकै भएको कारण पाखा लगाउने प्रपन्च रचिए। सुदूरपश्चिमलाई सधै ओझेलमा पार्ने प्रयत्न भएको छ।


सुदूरपश्चिमेलीहरुको विषेशता भनेकै आडम्बरी नहुनु निस्कपट हुनु,आफ्नो इमान र वचनमा पक्का रहनु जहाँ जुन अवस्थामा हुन्छन् त्यहा प्रष्ट हुने भित्री वाहिरी रुप फरक नहुने जे मनमा छ त्यही खुलस्त भन्ने गर्ने स्वाभाव अधिकांश सुदूरपश्चिमेलीहरुको हुन्छ। यही स्वाभावलाई कमजोरी सम्झेर नेपालका केही तत्काले सुदूरपश्चिमेलाई हेप्ने तथा ओझेलमा पार्ने सडयन्त्र रचेर आफुले शक्ति हत्याएको इतिहास धेरै पटक दोहरिएको छ।

राजा जयपृथ्वी बहादुर सिहलाई निर्वासित हुन बाध्य पारियो। बाका विरको इतिहास ओझेलमा राखियो।भिमदत्त पन्तको हत्या गरियो। एनडी चटौतलाई ओझेलमा पारियो।लोकेन्द्रबहादुर चन्दलाई पटकपटक घेराभित्र पारियो। सेर बहादुर देउवालाई अझै पनि नेता मान्न तयार छैनन् ।

राप्रपामा पनि यदा कदा नयाँ पुस्ताको वहस हुदै गर्दा जयन्त चन्दको नाम सुनिदैन जबकी जयन्त चन्द राप्रपाको पहिलो महाधिवेशन देखि लोकप्रिय मत पाएर केन्द्रिय सदस्यमा निर्वाचित हुँदै आएका छन।

जयन्त चन्दसंग नेपाली राजनैतिक इतिहासमा बेदाग प्रधानमन्त्रीको छवि बनाएका लोकेन्द्रबहादुर चन्दको विरासत र पहिचान छ, त्यो संगै जयन्त चन्दमा अद्भुत विश्लेषणात्मक क्षमता छ, उनी राजनैतिक संस्कारले निपुण छन । उनको गृह जिल्ला बैतडीमा जस्तोसुकै कठिन अवस्थामा पनि राप्रपाले लोकप्रिय मत हासिल गर्दै आएको छ । तैपनि एकाथरी मान्छेहरु जयन्तलाई राप्रपाको नेतृत्वकर्ता पुस्ताको रूपमा गरेको चर्चालाई नजरअन्दाज गर्न खोजिरहेका छन ।

फुर्ती फार्ती नदेखाएर चर्का कुरा नगर्नु छलढाँट नगरी सोझो बाटो हिडनुलाई कमजोरी र पछौटेपन तथा असफलताको मापदण्ड देखाएर सबै पार्टीमा रहेका धुर्त सिरोमणीहरुले सुदूरपश्चिमका क्षमतावान प्रतिभासाली व्यक्तिहरुलाई ओझेलमा पार्ने प्रपन्च रचिरहेका छन ।

अब सुदुरपश्चिमका सवै पार्टीका नेताहरूले आआफ्नो पार्टीमा आपसी लडाइ नलडी एकरुपता अपनाएर नेतृत्व लिन हिम्मत पुर्वक लागेर एनडी चटौत भिमदत्त,केआई सिह ,लोकेन्द्रबहादुर ,सेर बहादुरको विरासत जोगाउन लागिपर्ने बेला आएको छ।

अहिले कंग्रेस भित्र रमेश लेखक,एनपी साउँद,केशव सिंहलाई नयाँ पुस्ता नस्विकार्ने तर उनीहरु भन्दा जुनियरहरुले पदाधिकारीको दाबी गरेर कांग्रेस भित्र सुदूरपश्चिम ओझेलमा पारिदैछन। शेरबहादुर हुँदाहुँदै पनि कांग्रेसको पदाधिकारी कोही सुदूरपश्चिमे हुन सकेन भने त्यसपछि कांग्रेसको नेतृत्वमा सुदूरपश्चिमे पुग्न शताब्दी लाग्ने छ त्यतीखेर कांग्रेस भन्ने पार्टी इतिहास मात्रै हुनेछ।

एमालेमा हिजो इन्चार्ज समेत बाहिरबाट आयातित हुन्थे आज भिम रावललाई अबको नेतृत्व मान्न तयार छैनन् । अरु विकल्पको वहस हुँदैछ। एमालेमा अब भिम रावल अध्यक्ष बन्न सक्दैनन् भने एमालेमा पनि त्यहीँ गति हुनेछ। दुरदुर सम्म पनि एमालेमा नेतृत्व पैदा हुनसक्ने अवस्था देखिन्न ।

माओवादीको के कुरा गर्नु इन्चार्ज समेत भाडामा पठाउछन । कसैले वर्षमान पुन कसैले जनार्दन शर्माको अनुचर हुनुपर्ने बाध्यता छ। माओवादीमा त नेतृत्वमा मात्रै होइन कि पदाधिकारीमा समेत कोही पुग्न नपाउने अवस्था देखिन्छ। हिजो लेखराजले निषेध र ब्यापार गरे आफुलाई कहिले सुप भन्दा माथी उठाएनन। अरु माओवादी बिभाजित छन। खगराजलाईलाई निषेधको सिकार बनाईएको देखिन्छ ।

तत्काल राप्रपामा नेतृत्व परिवर्तनको संभावना देखिन्न।अबको एक कार्यकाल कमल थापाको नेतृत्व र लोकेन्द्रबहादुर पशुपतिशमशेर र लोहनीको मार्गदर्शनमा राप्रपा अगाडि बढनु कन्जरभेटीव मान्यता बोकेको राप्रपाको लागि हितकर छ।

राप्रपा परम्परावादी तथा पंचायत पृष्ठभुमि बोकेका अधिकांश नेताकार्यकर्ता र सुभेच्छुक भएको पार्टी भएको हुदा सबै नेता र सुभेच्छुकहरुले आजभोलि नै नयाँ पुस्तालाई नेता स्विकार्ने अवस्था देखिन्न। तथापि भविस्यको लागि राप्रपामा जयन्त चन्दको नेतृत्वको प्रचुर संभावना देखिन्छ । सालिन स्वाभावका धनी जयन्त आफ्नो विरासत संगै राप्रपा भित्रका सवै पृष्ठभुमि भएका नेताकार्यकर्ताहरुको समन्वय गरेर नेतृत्व गर्न सक्छन्। समयको मागलाई बुझेर जयन्त चन्दले सबै हिन्दुवादी राजावादीहरुलाई समेटेर राप्रपा भित्र मेची महाकाली सकृय हुनुपर्छ भन्ने आम बुझाई देखिन्छ ।

नोट : ( म कुनै जाती र भूगोलको नाममा राजनीति गर्नु हुदैन भन्ने विचार राख्छु। बसुदैव कुटुम्बकमको मान्यता आत्मसात नागरिक हु। तथापि केही सुदूरपश्चिमेहरु नै आपसमा लडेका र केही सुदूरपश्चिम वाहिरका मित्रहरूले सुदूरपश्चिमेहरुलाई सारै हेपेको कारण सुदूरपश्चिमको यथार्थ चित्रण लेखेको हु ।

जुनसुकै भूगोल जाती लिङ्गको भएपनी प्रतिभाशाली व्यक्तिहरुलाई स्विकार्नु पर्छ उनीहरुको सम्मान गर्न कन्जुस्याइँ गर्नु हुदैन । भूगोलको जातीको नाममा विभेद गरिनु हुँदैन। सबै ठाउका सवैले सचेत जागरुक हुनुपर्छ । राष्ट्रिय एकता अखण्डता स्वधर्म संस्कृति संरक्षणमा सवै देशवासीहरुले एक भएर लाग्नुपर्छ भन्ने मान्यता नै मेरो जीवन दर्शन हो ।)

तपाईको प्रतिक्रिया

Related Posts

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड
प्रदेश २

संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड

September 19, 2025
बहुविवाह कानुनी मान्यता मस्यौदाविरुद्ध महिला मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण, सभामुख मण्डललाई ज्ञापनपत्र
Headline

बहुविवाह कानुनी मान्यता मस्यौदाविरुद्ध महिला मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण, सभामुख मण्डललाई ज्ञापनपत्र

August 4, 2025
समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव
Headline

समावेशी मूल्य जोगाएर संघीय लोकतन्त्र सुदृढ बनाउनुपर्ने डा. यादवको सुझाव

April 22, 2025
रामायण सर्किटः नेपाल–भारत धार्मिक पर्यटन सहकार्यको नयाँ आयाम
Headline

रामायण सर्किटः नेपाल–भारत धार्मिक पर्यटन सहकार्यको नयाँ आयाम

February 4, 2025
Next Post
नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख मिश्रले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख मिश्रले लिए पद तथा गोपनीयताको शपथ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य