काठमाडौं, ७ भदौ । गायक मोतिराजको शब्द चुमान काउछा मगरको लय तथा एरेन्जमा २०७८ सालको ‘गाईजात्रा’ मन्जरी डिजिटलले बजारमा ल्याएको छ । जसमा देबेन्द्र काउछा जि एम र बन्दना पाण्डेको आवाज रहेको छ ।
नेताहरुमाथी ब्याङ्यबाण हानिएको ‘गाईजात्रा’ कलाकार मोतिराज खनाल र मटुलेबा, गान्धिभ सुबेदी, रोशनी न्यौपाने, सजिना लामिछाने, केशब पाण्डे र मुस्काने जेठा , लक्ष्मण चापागाइ र थैले, गीता पराजुली, शिभाङ्गी क्षेत्रीको जोडदार अभिनय रहेको छ । ‘गाईजात्रा’मा बेथिति र बिसङ्गतीको उजागर गरिएको छ भने कमेडियन कलाकार मोतिराज खनाल मटुलेबा र रोशनी न्यौपाने बाटुली आमाको भुमिकामा कबिताको सैलीमा बाचन गरेको गाईजात्रा निकै रोमाञ्चित छ ।
सुमधुर गीतको लयमा बनेको ‘गाईजात्रा’ले नेपालको परिबेशलाई झल्काउन खोजेको छ । ‘गाईजात्रा’को भिडियोमा सबै कलाकारहरुको दमदार प्रस्तुति रहेको छ । ‘गाईजात्रा’को भिडियो सम्पादन र प्रकाशको काम देबेन्द्र काउछा जि एमले गरेका हुन त्यस्तै क्यामेरामा दिपक काउछा र भिडियोको डाइरेक्सन चुमान काउछाले गरेका थिए ।
कलाकार मोतिराज खनालका शब्द र लयमा रहेका थुप्रै गित बजारमा आइसकेका छन ‘गाईजात्रा’ भने खनालको दोस्रो प्रस्तुति हो । भिडियोको लागि https://youtu.be/WO_FQXHHZUo लिंकमा क्लिक गर्नुहोस ।









तपाईको प्रतिक्रिया