नेपालमा मंगलबार थप ३०९३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ३०९३ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ७६५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलबार थप २१०८ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म ९६ हजार ६०९ जना संक्रमित निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । हाल सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ । हाल क्वारेन्टाइनमा ४२२० जना छन् भने
नेपालमा हालसम्म १३ लाख १४ हजार ७७९ वटा पिसिआर परिक्षण गरिएको छ ।
तपाईको प्रतिक्रिया