TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

वि.पि. मेमोरियल पोलिटेक्निकले कृषि, बन बिज्ञान तथा इन्जिनियरिङका दक्ष्य जनशक्ति तयार गर्दै


वि.पि. मेमोरियल पोलिटेक्निकले कृषि, बन बिज्ञान तथा इन्जिनियरिङका दक्ष्य जनशक्ति तयार गर्दै
ADVERTISEMENT

“शिक्षा विकासको ढोका हो भने प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम विकासको मूल ढोका हो” –यूनेस्को



सीप युक्त दक्ष जनशक्ति नै विकासको प्रमुख स्रोत हो । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमले गरिबी र बेरोजगारी कम गराई आर्थिक विकासको राष्ट्रिय लक्ष्य हासिल गर्न टेवा पु¥याउने तथ्य निर्विवाद छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमले व्यक्तिलाई “बोलीखाने भन्दा गरी खाने” बनाउँदछ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् विक्रम संवत २०४५ (इ.सं १९८९) मा स्थापना भएको हो । देशमा सीपयुक्त प्राविधिक जनशक्तिको विकास गर्न प्राविधिक तथा व्यावसायिक शिक्षाको नीतिनिर्माण तथा समन्वय गर्ने एक मात्र सरकारी निकायको रूपमा यो संस्था रहेको छ । यस संस्थाले देश भित्र स्तरिय प्राविधिक जनशक्ति निर्माण, पाठ्यक्रम विकास, सीप प्रमाणिका निर्माण साथै अध्ययन र अनुसन्धानका कार्यहरू गर्दै आएको छ ।


परिषद् कार्यालयले उद्देश्य अनुरुपका कार्यक्रमहरू प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि विभिन्न महाशाखाहरू, प्रादेशिक कार्यालय र प्राविधिक शिक्षालयहरू स्थापना गरेको छ । कृषि, वन, ईन्जिनियरिङ्ग, स्वास्थ्य र होटल व्यवस्थापन जस्ता कार्यक्रमहरूमा डिप्लोमा तथा प्रमाणपत्र तह र प्राविधिक एसएलसी तहका कार्यक्रमहरू सञ्चालनका लागि आङ्गिक, साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र सम्बन्धन प्राप्त निजी समेत गरी जम्मा १०४२ ओटा संस्थाहरू सञ्चालनमा छन् । त्यसैगरी छोटो अवधिको सीपमूलक तालिम सञ्चालनका लागि परिषद्सँग सम्बन्धनलिई देशभरी ११३१ ओटा संस्थाहरू सञ्चालनमा छन् ।


मेहनत गरे नेपालमै पर्याप्त कमाइ गर्न सकिने उदाहरण पनियहीं भेटिन्छ। व्यवसायिक तारिकाले जुनसुकै काम गर्दा पनि सफलहुन सकिन्छ भन्ने उदाहरण नयाँ पुस्ताका युवाले दिन थालेका छन्। नेपाली युवा जनशक्ति खाडी मुलुकहरूमा तल्लो स्तरको कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएका छन्।


पछिल्लो समय प्राविधिक कलेज खुल्ने क्रम सँगै विद्यार्थी तथा अभिभावकको ध्यान प्राविधिक शिक्षातर्फ केन्द्रित हुन थालेको छ। विद्यार्थीका लागि ‘आइरन गेट’ मानिने एसईई परीक्षा उत्तीर्णसँगै भविष्यमा के गर्ने भन्ने मार्ग चित्र तयार गरी व्यावसायिक तथा प्राविधिक शिक्षा आर्जन गर्न सके कोही पनि बेरोजगार बनेर बस्न पर्दैन।


अभिभावकले पनि आफ्ना छोरा छोरीको इच्छा अनुसार कुन विषय पढाउँदा उपयुक्त हुन्छ त्यही अनुसार निर्णय गर्नुपर्छ। हामी कहाँ अझै पनि विद्यार्थीको इच्छा एकातिर र अभिभावकको इच्छा अर्कै हुने अवस्था छ। अब दबाबमा होइन, आफ्नो क्षमता र इच्छा अनुसार विद्यार्थीले आफ्नो अध्ययनलाई अघि बढाउनुपर्छ। अहिलेको सन्दर्भमा प्राविधिक शिक्षालाई श्रम सँग गाँसेर हेर्नु अत्यावश्यक भइसकेको छ।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले हाल सम्म प्राविधिक एस.एल.सी. (TSLC) तह र तीन बर्षे डिप्लोमा र प्रमाणपत्र तहका कोर्षहरु सञ्चालन गरेको छ ।. TSLC पास गरेका विद्यार्थी सरकारी सेवामा राजपत्र अनंकित द्वितीय श्रेणी, प्राविधिक सेवाका (खरिदार सरह) को रोजगारीको लागि योग्य मानिन्छन् भने तीनबर्षे डिप्लोमाका विविध कोर्षहरु पास गरेका विद्यार्थीहरु सरकारी सेवामा राज पत्र अनंकित प्रथम श्रेणी प्राविधिक (सुब्बावा सो सरह)को लागि योग्य मानिन्छन् । तीन बर्षे डिप्लोमाका विविध कोर्षहरुलाई त्रिभुवन विश्वविद्यालयले प्रमाण पत्र तहको समकक्षता प्रदान गरेको छ । डिप्लोमा कोर्षहरु पूरा गरेका विद्यार्थीले उच्च शिक्षा (व्याचलर डिग्री) हासिल गर्न आ–आफ्नो विधा अनुसार कतै सिधै र कतै केही पूर्व अवस्था पूरा गर्नुपर्ने हुन्छ ।
वि.पि. मेमोरियल पोलिटेक्निक, सपही, धनुषामा हाल कृषि तथा बन बिज्ञान कार्यक्रमतर्पm ३ वर्षे डिप्लोमा तथा प्रमाणपत्र तह प्लान्ट साईन्स तथा एनिमल साईन्स, प्रविधिक एसएलसी तहमा टि.एसएलसी इन एनिमल साइन्स तथा इन्जिनियरिङ कार्यक्रम तर्पm ३ वर्षे डिप्लोमा सिभिल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग सचांलन भैरहेका छन् ।


प्राविधिक शिक्षा लिएपछि बेरोजगार बस्नु पर्दैन । प्राविधिक शिक्षा लिएकाहरुले राम्रो पैसा कमाई गर्ने गरेका छन् । पछिल्लो समय गाउँ गाउँमा प्राविधिक शिक्षाको फाइदाहरु बारे ज्ञान बढ्न थाले पछि अध्ययन गर्नेहरुको संख्यामा पनि वृद्धि हुन थालेको छ । एकातिर सिपयुक्त जनशक्तीको देशभित्र ठूलो माग छ भने छ, अर्कोतिर प्राविधिक तथा व्यावसायिक शिक्षाको बारेमा जानकारी युवामामm पु¥याउनु जरुरी छ । उनीहरूलाई सीप प्रशिक्षणको पहुँच गर्नु र रोजगार बजारमा एकीकृत गर्नु देशको सामाजिक तथा आर्थिक विकासको लागी अपरिहा¥यार्य छ।

तपाईको प्रतिक्रिया

Related Posts

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
लैङ्गिक हिंसा प्रभावितका लागि सहज वातावरण नहुँदा समस्या बढ्दो
Headline

लैङ्गिक हिंसा प्रभावितका लागि सहज वातावरण नहुँदा समस्या बढ्दो

August 4, 2025
८औं सडक सुरक्षा सप्ताहः जनकपुरधाममा सडक सुरक्षासम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
Headline

८औं सडक सुरक्षा सप्ताहः जनकपुरधाममा सडक सुरक्षासम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

May 18, 2025
जनकपुरधामका किराना तथा होटेल व्यवसायीलाई पाँचदेखि दश हजार जरिवाना
Headline

जनकपुरधामका किराना तथा होटेल व्यवसायीलाई पाँचदेखि दश हजार जरिवाना

March 7, 2025
किशोरीहरूको जीवन सुरक्षा: पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान मधेशमा
Headline

किशोरीहरूको जीवन सुरक्षा: पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान मधेशमा

February 4, 2025
रेक्टरको दौडमा डा.पण्डित अब्बल
प्रदेश २

रेक्टरको दौडमा डा.पण्डित अब्बल

October 18, 2024
Next Post
कोरोना संक्रमणबाट विश्वभर ८ लाख ७३ हजारको मृत्यु

तीन करोड १८ लाख कोरोनामुक्त, ११ लाख ५८ हजारको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य