TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कारागारका कैदीबन्दीलाई कम्प्युटर तालिम


कारागारका कैदीबन्दीलाई कम्प्युटर तालिम
ADVERTISEMENT

दाङ, माघ २८ । जिल्लाको घोराही र तुलसीपुर कारागारमा रहेका कैदीबन्दीलाई कम्प्युटर प्रदान गरिएको छ। रोटरी क्लब दाङको समन्वयमा विभिन्न संस्थाहरूले कारागारका कैदीबन्दीलाई कम्प्युटर प्रदान गरेका हुन्।


विभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदीहरूलाई कम्प्युटर उपलब्ध गराइएको हो। कम्प्युटर पाएपछि कैदीबन्दीहरू खुशी भएका छन्।

तुलसीपुर कारागारमा रहेका कैदीबन्दी बुद्धि रोकाले कारागारभित्रै कम्प्युटर सिक्न पाउने भएपछि धेरै खुशी लागेको बताए। उनले भने,‘ मैले बाहिर हुँदा सिकेका कुराहरू यहाँ आइसकेपछि सबै बिर्सेको थिएँ, दिमाग शिथिल भइसकेका कैदीबन्दीलाई प्राविधितर्फ उन्मुख गराउँदा निकै खुशी लागेको छ।’ उनले कारागारमा रहँदा प्रविधि प्रयोग गरी खाली समयको सदुपयोग गर्न सकिने समेत बताए।

घोराही कारागारमा रहेका प्रशिक्षक कैदीबन्दी विक्रम थापाले धेरै खुशीको अनुभूति भएको बताए। उनले विगतमा भुलेका कुराहरू सिक्न अवसर मिलेको समेत बताए। कारागारभित्र यस्तो सेवा पाउँदा कैदीबन्दीमा पनि उत्साह जागेको र भोलिका दिनहरूमा उनीहरू यहाँबाट गएपछि सही मार्गतिर लाग्न मद्दत पुग्ने उनको भनाइ छ।

२ वर्षदेखि घोराही कारागारमा रहेका अर्का समीर वलीले पनि कम्प्युटर सिक्न पाउँदा धेरै खुशी लागेको बताए। ‘बाहिर हुँदा कम्प्युटरमा भिडियो हेर्ने मात्र जानेको थिए,’ उनले थपे, ‘ कम्प्युटर कोर्षहरू पढेको थिइनँ। कारागारजस्तो ठाउँमा कम्प्युटर सिक्न पाउँदा धेरै खुशी लागेको छ।’

गत वर्षदेखि दाङको घोराहीमा रहेको कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरूलाई शिक्षा दिन ज्ञान ज्योति विद्यालय नामाकरण गरी विद्यालय स्थापना गरेर शिक्षा दिन शुरू गरिएको थियो। कारागारभित्र टिनले बारेको सानो कोठाको भित्तामा नेपाली वर्णमाला टाँगेर कैदीहरूलाई शिक्षा दिन कक्षाकोठा बनाइएको हो।

 

तपाईको प्रतिक्रिया

Related Posts

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
जनकपुरधाममा सस्ता बजार सुरु
अर्थ

जनकपुरधाममा सस्ता बजार सुरु

September 23, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
Next Post
क्याम्पस हिँडेका  १७ वर्षीय ईश्वर दुई दिनदेखि बेपत्ता

क्याम्पस हिँडेका १७ वर्षीय ईश्वर दुई दिनदेखि बेपत्ता

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य