नेपालकै सबैभन्दा ठुलो नगरपालिकाका खनाल जनसाँस्कृतिक महासघंको केन्द्रीय सदस्यमा चयन ।
काठमाडौं, १५ असोज। गायक तथा सर्जक मोतिराज खनाल नेपालकै सबैभन्दा ठुलो नगरपालिका सितगंगा नगरपालिका जनसाँस्कृतिक महासघंको केन्द्रीय सदस्यमा चयन भएका छन् ।
गायक तथा सर्जक खनालले राम्रो अबसर पाएका छन । उनले नेपाल कम्युनिस्ट पार्टी एमालेको संगठन जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्यको जिम्मेवारी पाएका हुन ।
लामो समयदेखी नेकपा एमालेको विभिन्न भातृ संगठनहरुमा काम गरेका खनाल हाल अर्घाखाँची – काठमाडौं सम्पर्क मन्च नेकपा एमालेको साँस्कृतिक बिभाग प्रमुख थिए । निरङ्कुशता विरुद्ध बिभिन्न आन्दोलनमा सहभागिता जनाएका खनाल २०६२/६३ को १९ दिने जनआन्दोलन हुँदा दमनको बिरुद्धमा आन्दोलनमा होमिदा पुलिसको लाठिले सख्त घाइते भएका थिए । त्यतिबेला सात राजनीतिक दलले खनालको उच्च मुल्याङ्कन गर्दै घाइतेको प्रमाणपत्र दिएको थियो । खनालले घाइते हुँदा पनी राज्यलाई भार नपार्ने भन्दै आफ्नै खर्चले उपचार गरेर ठिक भएका थिए ।
घाइतेहरुलाई आजिवन सुबिधा दिने सरकारले निर्णय गरेपनी तपाइले सुबिधा नलिनुको कारण के हो? भन्ने पत्रकारको प्रश्नमा आफ्नो घाउ चोट निको भएको हुनाले मैले त्यो सुबिधा लिनु देश प्रतिको गद्धारी हो भन्ने ठानेर मैले सुबिधा लिइन गायक खनालले भने । घाइते भएर हात खुट्टा गुमेका असक्त काम गर्न नसक्ने योद्धाहरुले त्यो सुबिधा लिनुपर्छ र राज्यले पनि छानबिन गरेर दिनुपर्ने खनालको भनाइ छ । खनालले आफ्नो कलाकौशलबाट समाज रुपान्तरणणमा ठूलो भुमिका खेलेका छन् ।
नेकपा एमालेको चुनाबी गीतदेखी लिएर गरिब निमुखा जनताका आवाज बुलन्द पार्ने खनालले थुप्रै गीतको सिर्जना गरेका छन् । समाजका बिकृती र बिसङ्गती बिरुद्ध कलाकारिता क्षेत्रबाट ठुलो योगदान गरेका छन् । खनालले गीत संगितका अलवा थुप्रै सन्देश मुलक टेलिसिरियल, लेख, कविता जस्ता रचनात्मक बिधाबाट आफ्नो पहिचान बनाउन सफल भएका छन् ।
